के तपाईलाई थाहा छ? सरकारले नि:शुल्क उपचार गर्छ यी ८ जटिल रोगको उपचार! कहा सम्पर्क राख्ने हेर्नुहोस बिस्तृतमा
8:25 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
के तपाईलाई थाहा छ? सरकारले नि:शुल्क उपचार गर्छ यी ८ जटिल रोगको उपचार! कहा सम्पर्क राख्ने हेर्नुहोस बिस्तृतमा
काठमाडौं– घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ ।
विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ । तर, यसबारे निकै कमलाई मात्रै जानकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर/पार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिन्छ । रुपैयाँ मिर्गौला डायलसिसका लागि एक पटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ । यदि तपाईं विपन्न नागरिक हुनुहुन्छ र उपचार गर्ने पैसा छैन भने सहायता पाउनु तपाईंको अधिकार हो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments