Abishek Gurung from Queen of Hill Darjeeling

Abishek Gurung from Queen of Hill Darjeeling

Here is a clip of his performance Abhisheks irresistible voice & talent won him not only the praise & heart of the judges but also some rare acknowledgment. We are up for him & extend our unflinching support to him – just like we always do to our boys & girls. So, fans of Abishek if you all missed his last performance you can watch it here. Keep supporting him. Do share the video, let it reach every small corner in the world. - See more at:  

यो हो जीवनमै एकपटक आउने अवसर, आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने -

यो हो जीवनमै एकपटक आउने अवसर, आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने - 


२९ कात्तिक । आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ । त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ ।
सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ । अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । यस्तै दृष्यका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने खगोलविदहरुले जनाएका छन् ।

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव



डौं- अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ६ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे।
दाहालले शनिबार बिहान  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे। दिउँसोे उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरे। देउवासँग संशोधन प्रस्तावमा सत्तारुढ दलबीच सहमति जुटाउने विषयमा छलफल भएको थियो। दाहालसँगको वार्तामा यादवले मोर्चासँग सहमति गरेरमात्र संशोधन प्रस्ताव संसद्मा दर्ता गराउन सुझाव दिए। यादवले मोर्चाको पूर्ण टिमसँग वार्ता  गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।
वैवाहिक अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाउने गरी संविधान संशोधन गर्ने सरकारी तयारी छ। संविधानको धारा २८९ मा अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्य मन्त्री, प्रदेश सभामुख र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाइएको छ।
यसैगरी प्रधानमनन्त्री दाहालले प्रदेश विवाद मिलाउन पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएर केहीलाई ४ नम्बर  र केहीलाई ६ नम्बरमा गाभ्न प्रस्ताव गरेका छन्। तर यसमा सत्तारुढ दलबीचमै सहमति जुटेको छैन। पाँच नम्बर प्रदेशका अर्घाखाँची, पाल्पा र गुल्मीलाई ४ नम्बर प्रदेशमा  तथा प्युठान र रोल्पालाई ६ नम्बर प्रदेशमा गाभ्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्। यो प्रस्ताव मान्य भए पाँच नम्बर प्रदेशमा अब नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामात्र रहने छन्। मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले यस्तो तयारी गरेका हुन्। मोर्चाले मधेशमा दुई प्रदेशमात्र हुनुपर्ने अडान राख्दै आएको छ । प्रधानमन्त्रीको प्रस्तावअनुसार संविधान संशोधन भए मोर्चाले भनेझै नवलपरासीदेखि बाँकेसम्मका तराईका जिल्लाको एउटै प्रदेश हुनेछ। 'कात्तिक १४ गतको बैठकमा प्रधानमन्त्रीज्यूले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छ्ट्टयाउँछु। झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा एउटा आयोग बनाएर टुंग्याउँछु। आयोगको कार्यविधि तोकिदिन्छु भन्नुभएको थियो,' सो बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनीष सुमलने  नागरिकसँग भने।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार र ६ नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव अझै टुंगोमा नपुगेको बताए। 'यस विषयमा अझै टुंगो लागेको छैन। विभिन्न विकल्पमा छलफल भइरहेको छ,' आचार्यले भने। प्रधानमन्त्री निकट अर्को स्रोतका अनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लाको मात्रै छुट्टै प्रदेश बनाउने विषयमा पनि छलफल भइरहेको छ। सम्बन्धित जिल्लाका प्रतिनिधिले यस्तो प्रस्ताव राखेको स्रोतको दाबी छ। यो प्रस्ताव पारित भए प्रदेश संख्या आठ पुग्ने छ।
स्रोतका अनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार र ६ नम्बरमा प्रदेशमा गाभ्ने प्रस्तावको माओावदी केन्द्रकै नेताले विरोध गरेका छन्। माओावदी केन्द्रका नेता टोपबहादुर रायामाझीले पाँच नम्बर प्रदेशलाई नचलाउन सुझाव दिएका छन्। 'पाँच नम्बर प्रदेशमा विवाद नै छैन। विवाद नभएको प्रदेशमा किन विवाद झिक्ने?' उनले नागरिकसँग प्रतिप्रश्न गरे।
झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा आयोग बनाएर टुंगोमा पुग्ने विषयमा छलफल भइरहेको छ। 'झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा प्रधानमन्त्रीज्यूले आयोग बनाएर टुंगो लगाउन प्रस्ताव  गर्नुभएको छ। यसमा हामी सहमति नजिक छौं', राष्ट्रिय मधेस समाजवादी  पार्टीका महासचिव केशव झाले भने। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने संघीय आयोग बनाएर झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्र्याउने विषयमा मोर्चाको सहमति नहुने बताए। 'आयोग बनाएर हुँदैन। यो विषयलाई तत्कालै टुंगो लगाउनुपर्छ', उनले भने।
भाषाको विषय टुंगो लगाउन भाषिक आयोग बनाउने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन–तीन जनाले प्रतिनिधित्व गर्ने, बाँकी सदस्य जनसख्या आधारमा प्रतिनिधित्व गराउने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन्।
यादवले मोर्चासँग सहमति नगरी संशोधन प्रस्ताव संसद्मा लगेमा नमान्ने बताए। 'संघीयता, पहिचान र समावेशी मुद्दा सम्बोधन नगरी संविधान संशोधन प्रस्ताव दर्ता गरे हामीले मान्दैनौं', यादवले भने ।

नेपाल बन्दको बिरोध गर्दै मेन्स रुम रिलोडेड बुटवलका युवाहरु

नेपाल बन्दको बिरोध गर्दै मेन्स रुम रिलोडेड बुटवलका युवाहरु

एमाओवादीवाट टुक्रिएको एउटा सानो संगठन ‘विप्लव’ माओवादीले गरेको वन्दको विरोधले उसको वन्दलाई छायाँमा पारेको छ । वुटवल, पोखरा, काठमाण्डौंसहित देशका मुख्य शहरमा युवाहरु स्वतस्फुर्त वन्दको विरोधमा उत्रीएसँगै सडकमा मोटरसाईकल देखी केही फ्याट्टफुट्ट चारपाङ्ग्रे सवारीसाधन चलेका छन् ।

 एमआरआर युवाहरु मोटरसाईकल सहित ‘नेपाल वन्द गर्न पाईदैन, हाम्रो नेपाल खुल्ला छ’  लगायतका भाषणसहित सडकमा उत्रिएसँगै सर्वसाधरण सडकमा निस्कीएका थिए । सडकमा वन्द खुलाउन निस्कीएका युवाहरुले नेकपा माओवादीले आज आइतबार गरिएको नेपाल बन्दको चर्को विरोध गरेका छन् ।

बन्दलाई नगरिकस्तरबाट व्यापक जनसमर्थन प्राप्त भएको विप्लव माओवादीले दावी गरेपनि यसरी सडकमा वन्दको विरोधस्वरुप युवाहरु सडकमा निस्कीएका छन् । वन्द आह्वानपछि देशैभरी स्कुल, कलाकारखाना, पसल वन्द छन् । 
                                                                
बुटवलमा ‘नेपाल खुल्ला छ, बन्द गर्न पाईंदैन’ लेखिएका प्ले कार्ड लिएका युवाले बुटवलमा जुलुस निकालेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आइतबार गरेको बन्द के का लागि भन्ने धेरैलाई थाहा छैन । बन्द रे भन्ने हल्ला सुनेर धेरै विद्यालय र क्याम्पस बन्द भएका छन् । केहीले गाडी चलाउने आँट गरेपनि धेरैले ग्यारेजमै गाडी थन्क्याएका छन् ।
                                         
यसैविच बाटो बन्द गर्दैैैै हिँड्ने ५० जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ ।



अमेरिकाबासी गैरकानुनी ५० हजार नेपालीको भविष्य के हाेला? त्यही रहेका नेपाली वकिलहरु यसो भन्छन

अमेरिकाबासी गैरकानुनी ५० हजार नेपालीको भविष्य के हाेला? त्यही रहेका नेपाली वकिलहरु यसो भन्छन 

न्युयोर्क- आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए। जसमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीलाई सम्बन्धित देश फिर्ता पठाउने पनि प्राथमिकतामा थियो। यसो भएमा अनुमानित ५० हजारभन्दा बढी नेपाली मर्कामा पर्ने अमेरिकामा कार्यरत संघ–संस्था र विज्ञले बताएका छन्। आप्रवासी कानुनका ज्ञाता अधिवक्ता डिल्लीराज भट्टका अनुसार ट्रम्पको चुनावी एजेन्डा कार्यान्वयन भएमा बोर्डर क्रस गरेर अमेरिका छिर्ने र गैरकानुनी रूपमा बसोबास गर्नेहरु बढी नै असुक्षित हुने देखिन्छ। उनी भन्छन्, ‘नवनिर्वाचित राष्ट्रपतिले चुनाव जित्ने आधार नै त्यही थियो। उनले आप्रवासनसम्बन्धी कानुनलाई निकै कडा बनाउने सम्भावना छ।’
एकातिर रिपब्लिकन पार्टी आप्रवासनका लागि डेमोक्र्याटको तुलनामा निकै अनुदार मानिन्छ भने अर्कोतिर आफ्ना चुनावी एजेन्डा कार्यान्वयन गराउन राष्ट्रपतिलाई आवश्यक पर्ने तल्लो सदन, माथिल्लो सदन र सिनेट सबैतिर आवश्यक बहुमत छ। यसैले पनि आगामी दिन अमेरिकामा रहेका आप्रवासीका निम्ति कठिन बन्ने निश्चित छ।
राष्ट्रपति ट्रम्पले आफ्ना मतदातासमक्ष गरेको घोषणा कार्यान्वयन गर्न चाहे भने सुरुको सय दिनमै अमेरिकामा ठूलो उथलपुथल हुनेछ। त्यसो त अमेरिकामा बसिरहेका लाखौं आप्रवासीप्रति ट्रम्पले दिएको विवादास्पद अभिव्यक्तिबाट उनको पार्टी रिपब्लकनकै नेता पनि पूर्ण सहमत छैनन्।
अधिवक्ता भट्टका अनुसार विश्वका विभिन्न मुलुकबाट आइरहेका आप्रवासीलाई कम गर्ने र यसअघिझैं सजिलै बस्न नमिल्ने जस्ता विविध कुरा समावेश गरेर रिपब्लिकनका तर्फबाट यसअघि नै अमेरिकी संसद्मा विधेयक दर्ता भएको थियो। तर डमोक्र्याटकै कारण पास हुन सकेको थिएन।
यसपालि रिपब्लिकन पार्टी शक्तिमा रहेकाले चुनावी एजेन्डाअनुसार काम भए अ
 

३० लाख आप्रवासीलाई अमेरिकाबाट निकालिने छ : डाेनाल्ड ट्रम्प

३० लाख आप्रवासीलाई अमेरिकाबाट निकालिने छ : डाेनाल्ड ट्रम्प

राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्। ‘अपराधिक पृष्टभुमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकानिने छ,’ उनले अगाडि बताएका छन् ‘लागूऔषध कारोबारी, आतंककारी पृष्टभूमि भएका, अपराधिक समूहमा संलग्न सदस्य तथा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ।’ अमेरिकाभरीमा १ करोड १० लाख अवैधानिक आप्रवासी रहेको बताइएको छ। बढी संख्या मेक्सिकोबाट आएकाहरुको छ। अन्तर्वार्तामा ट्रम्पले बताएअनुसार अपराधिक पृष्टभूमिभएका आप्रवासीहरुको संख्या २० लाखदेखि ३० लाखसम्म रहेको छ। ‘ड्रग डिलर्समा संलग्न, अपराध गरेर अमेरिकाभित्र रहेका अबैधानिकहरुलाई निकालिने छ।’ 

मेलम्चीमा दुर्लभ कालो धान उत्पादन

मेलम्चीमा दुर्लभ कालो धान उत्पादन
 कार्तिक २८, २०७३- नेपालमा दुर्लभ मानिएको कालो धान जिल्लामा पहिलो पटक मेलम्ची नगरपालिकामा उत्पादन भएको छ । विभिन्न खाले परिकार बनाएर खाएमा रोगसँग लड्न सक्ने क्षमता भएको ‘जि–६०’ नामक कालो धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो । 
मेलम्चीका युवा कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर झण्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामल कालो र अन्य धानको तुलनामा केही फिक्का हुन्छ । पराल पनि दुई फिटको हुन्छ ।
जिल्लामै पहिलोपटक यो जातको धान भित्राउने किसान सिग्देलका अनुसार नियमित खाए यो धानको चामलबाट बनेको परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमता समेत बढाउँछ । सामान्यको तुलनामा यसको चामल अन्यभन्दा २० देखि ५० प्रतिशतले बढी पौष्टिक एव लाभदायिक हुन्छ । आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिले मात्र नेपाल भित्रिएको हो । नेपालमा दक्षिण कोरियाबाट भित्रिएको इतिहास भेटिएको किसान कुमारले बताए । खेती भने दाङबाट सुरु भएको मानिन्छ ।
 
यो धान हजारौं वर्ष पहिले सर्वसाधरणलाई निषेधित थियो ।  पहिलेपहिले  चीन लगायतका अन्य देशमा यो जातको चामल  राजाले मात्रै सेवन गर्दथ्ये । संसारकै महंगो धान र चामलमध्ये यो पनि एक मानिन्छ । ‘हामीले अघिल्लो वर्ष यसको बिउलाई प्रतिकेजी एक हजार रुपैयाँमा खरिद गरेर ल्याएका हौं,’ सिग्देलले भने, ‘हामीले पहिलो वर्ष परिक्षणको लागि ४० किलो ल्याएर खेती गरेर उत्पादन गर्‍यौं ।’ उनले यो धानबाट निस्केको चामल यति नै मूल्य पर्छ  भनेर तय भई नसकेको बताए । ‘अन्य चामलको तुलनामा धेरै मंहगो पर्न जान्छ,’ उनले भने ।
यो जातको चामलबाट बनेको खाना सामान्य मान्छेले पचाउन सक्दैनन् । गाउँमा फल्ने गरेको चामलमा प्रति १५ ग्राम कालो चामल राख्नुपर्ने सिग्देलले अनुभव सुनाए । ‘आहिले हामीले खाइरहेको चामल कम्तिमा १२ घण्टा भिजाएर राखेपछि मात्रै पकाउने बेलामा कालो चामल मिसाइनुपर्ने रहेछ,’ उनले भने ‘‘जि –६०’ चामलको खाना खाएपछि आडिलो हुने र धेरै समयसम्म भोक नलाग्ने हुन्छ ।’ 
समुन्द्री सतहदेखि १ हजार पाचसय देखि १ हजार ८ सयको उचाइमा रहेको यसको उत्पादन असल मानिन्छ । जिल्ला कृषि कार्यालयकाअनुसार यस्तो कालो धानको मुल्य धैरै पर्ने हुन्छ । ‘कालो धानको जात फरक फरक हुन्छ,’ कृषि विभागका बाली विकास अधिकृत हेमशर्मा तिवारीले भने, ‘स्थानीय र विदेशी हुन्छ । त्यसको गुणस्तरमा धेरै फरक हुन्छ ।’ 
उनले जिल्लामा कसैले यसअघि कालो धान खेती गरेको आफूलाई जानकारी नभएको बताए । यसको नियमित सेवनले एन्थ्रोसाइन पिगमेन्ट अर्थात एन्टी अक्सिडेन्ट बुढ्यौली जस्ता धेरै जटिल समस्या विरुद्ध लड्ने शक्ति प्रदान गर्छ । साथै उच्च रक्तचाप, रकतअल्पता, मधुमेह, हृदयघात, मुटु रोग, अल्जाइमर्स, किड्नी, पेट तथा कलेजोको रोगबाट बचाउने , कोलोस्ट्रोन बढ्न नदिने, घाउ सुन्निन नदिने लगायतका कार्यमा पनि मद्दत गर्दछ । 



 


भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिमा विशेष पूजा

 
भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिमा विशेष पूजा




२८ कात्तिक – नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ ।   
सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
मन्दिरका मूलभट्ट गणेश भट्टले सेनाध्यक्ष सिंहलाई रुद्राभिषेक गराई फूलप्रसाद लगाइदिनुभएको थियो । भारतीय गोरखा सेनासँग नजिक भएर काम गर्नुभएकाले पशुपतिमा पूजा एवम् दर्शनका क्रममा उहाँले नेपाली भाषामा कुराकानी गर्नुभएको थियो ।
एक घन्टा ५ मिनेट पशुपतिनाथमा विधिवत् पूजा गरेर ६४ लिङ्ग परिक्रमा गरी उहाँ बाहिरिनुभयो । कोषको आगन्तुक पुस्तिकामा स्थल सेनाध्यक्ष सिंहले पशुपतिको पूजा र दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्दै ऐतिहासिक, पुरातात्विक, पौराणिक र धार्मिक महत्व बोकेको पशुपतिनाथ मन्दिरको संरक्षण एवम् संवद्र्धन गरिनुपर्ने मन्तव्य व्यक्त गर्नुभएको छ ।
नेपाल भ्रमणमा आउने भारतीय अधिकारीले द्वादश ज्योतिर्लिङ्गको शिर पशुपतिनाथ मन्दिरमा आई पूजा र दर्शन गर्न रुचि राख्छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणको अवसर पारेर कात्तिक १८ गते मन्दिरमा सवा लाख दीप प्रज्वलन सहित विशेष पञ्चामृत पूजा गर्नुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउन १९ गते विशेष पूजा गर्नुभएको थियो ।
स्थल सेनाध्यक्ष सिंह नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा तीनदिने भ्रमणमा शुक्रबार नेपाल आउनुभएको हो । 

नेपालकी तरकारीवली पछि चीनकी खुर्सानीवालीको फोटो सोशल मिडियामा भाइरल

नेपालकी तरकारीवली पछि चीनकी खुर्सानीवालीको फोटो सोशल मिडियामा भाइरल



 , पाकिस्तानका चियावाला देखि नेपालकी तरकारीवली हुँदै अब पालो चीनकी खुर्सानीवालीको । पछिल्लो पटक सोशलमा  चीनकी खुर्सानीवालीको भाइरल भइरहेको छ  ।गाउँघरको युवतीलाई अनुमान गर्यौ भने उनीहरु धेरै सास्कृतिक, धार्मिक तथा लजालु, एकदमै साधारण कपडा लगाउने भन्‍ने बुझ्छौ। हामी उसलाई विश्‍वका केही थाहा छैन भनेर बुझ्छौ। तर यी सबै कुरालाई मिथ्या साबित गर्दै चीनको एक गाउँकी युवती विश्‍वकै सबैभन्दा सेक्सी मोडल देखिएकी छन्।

Bandh enforcers torch jeep in Geta, Kailali

BANDH ENFORCERS TORCH JEEP IN GETA, KAILALI




 November 13, 2016 : Normally life in the Kathmandu Valley has been affected due to a bandh enforced by Netra Bikram Chand-led CPN Maoist on Sunday.

The bandh was called demanding food security.

Educational institutions, markets and shops pulled down their shutters from early morning, while public and private vehicles stayed off the roads.
Security personnel have been mobilised in major thoroughfares of the Valley to avert untoward incident.

People, including office goers, were forced to walk to their destination.

Police have arrested more than 50 bandh enforcers from different places of the Valley this morning.

SP Pradyumna Karki said that they were arrested from Kalanki, Koteshwar, Maharajgunj and Chabahil among other places.

भारतीय अर्थ मन्त्रालय पुग्यो भारुसम्बन्धी राष्ट्र बैंकले पठाएको पत्र

भारतीय अर्थ मन्त्रालय पुग्यो भारुसम्बन्धी राष्ट्र बैंकले पठाएको पत्र


२८ कात्तिक, काठमाडौं । नेपालमा रहेका ५०० र १००० दरका भारतीय रुपैयाँ (भारु) को सटही गरिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकले भारतको केन्दि्रय बैंक रिजर्भ बैंक अफ इण्डियालाई पठाएको पत्र भारतको अर्थ (वित्त) मन्त्रालयमा पुगेको छ ।
राष्ट्र बैंकको पत्रलाई रिजर्भ बैंकले त्यहाँको अर्थ मन्त्रालयमा फरवार्ड गरेको हो । ‘हामीले रिजर्भ बैंकलाई पठाएको पत्र उसले त्यहाँको अर्थ मन्त्रालयमा पठाइसकको जानकारी दिएको छ,’ राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरसँग भने, ‘तर, कस्तो निर्णय हुन्छ भन्नेबारे भारतीय पक्षबाट अहिलेसम्म कुनैपनि संकेत आएको छैन ।’राष्ट्र बैंकले नेपालको अर्थ मन्त्रालयमार्फत र सीधै रिजर्भ बैंक अफ इन्डियालाई गरी उस्तै व्यहोराका दुई वटा पत्र पठाएको थियो । अर्थ मन्त्रालय हुँदै परराष्ट्र, परराष्ट्रले भारतीय राजदूताबास र दूताबासले भारतको परराष्ट्र मन्त्रालय हुँदै अहिले सो पत्र पनि त्यहाँको अर्थ मन्त्रालय पुगिसकेको पण्डितले जानकारी दिए ।
‘हामीले पठाएका दुबै पत्रहरु भारतको अर्थ मन्त्रालय पुगिसकेका छन्, हामी भारतीय पक्षको निर्णय कुरेर बसिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म उताबाट कुनै संकेत आएको छैन ।’
गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारतीय नोट नचल्ने घोषणा गरेका थिए । मोदीको यो घोषणासँगै भारु नोट चलाउने अन्य देशहरुमा समेत ठूलो हलचल मच्चिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार बिहान व्यवस्थापन समितिको बैठक बसेर बैंक तथा वित्तीय संस्थाहरुलाई भारतले प्रतिवन्ध लगाएका नोट नसाट्न परिपत्र जारी गरी नेपालको वित्तीय प्रणालीमा भएका सो दरका भारु नोटको विवरण संकलन थालेको थियो । बुधबार नै राष्ट्र बैंकले भारतीय पक्षलाई पत्राचार गरेको थियो ।
नेपालको वित्तीय क्षेत्रमा साढे ३ करोड रुपैयाँ बराबरका ५०० र १००० दरका भारतीय नोट रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणसँग ठूलो परिणाममा सो दरका भारु नोट रहेको अनुमान गरिएको छ ।
‘हामीले गर्नसक्ने भनेको कुटनीति पहल मात्रै हो, हामीले पठाएको पत्रमा उनीहरुले जस्तो जवाफ दिन्छन् हामी त्यही अनुसार अघि बढ्छौं,’ सहप्रवक्ता पण्डितले भने, ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं ।’

चुनाव मिति घोषणा र कर्मचारी खटनपटनको अधिकार दिन निर्वाचन आयोगको माग

चुनाव मिति घोषणा र कर्मचारी खटनपटनको अधिकार दिन निर्वाचन आयोगको माग



 निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षताको दायित्व आयोगको काँधमा रहेकाले मिति घोषणा गर्नेदेखि कर्मचारीको खटनपटनसम्मको अधिकार आफूलाई दिइनुपर्ने माग गरेको छ ।
संसद्, राज्य व्यवस्था समितिको आइतबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अघिल्ला निर्वाचनमा देखिएका कमजोरी सुधार्न निर्वाचनको मिति घोषणादेखि खटनपटनसम्मको भूमिका आयोगलाई प्रदान गर्न उचित हुने तर्क गरे । समितिमा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार, राजनीतिक दलसम्बन्धी कानुन र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ माथि आजदेखि छलफल सुरु भएको छ ।
'निर्वाचन सञ्चालन, रेखदेख, व्यवस्थापन र निर्देशन गर्ने जिम्मेवारीमा रहेको आयोगले निर्वाचनलाई तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष तुल्याउन सबै राजनीतिक दलले आयोगको अभियानलाई सहयोग पु्र्‍याउन आवश्यक रहेको छ', डा यादवले भने ।
नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन आगामी २०७४ साल माघभित्र गरिसक्नुपर्ने भएकाले निर्वाचन, दल र मतदातासम्बन्धी विधेयकमाथि तीव्र रुपमा छलफल गरी यथाशीघ्र पारित गर्नुपर्नेमा सांसदले जोड दिए ।
सरकारले निर्वाचनको जिम्मेवारी पूरा गर्छ र भन्ने आशङ्का भइरहेको बेला समितिमा प्रवेश पाएका विधेयकलाई छिटो निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेर जिम्मेवारी तोक्नुपर्ने तथा छलफललाई निरन्तरता दिइनुपर्ने सुझाव दिँदै उहाँहरुले निर्वाचनलाई सरकारको नियन्त्रणबाट बाहिर राख्न नसक्दा २५ वर्षदेखि लोकतन्त्रको अभ्यास गरिए पनि स्वतन्त्र, भयरहित र निष्पक्षताको प्रश्न हट्न नसकेको टिप्पणी गरे ।
राजनीतिक दलको आर्थिक गतिविधि र खर्चको विवरण पारदर्शी हुन आवश्यक रहेको बताउँदै सांसदले बनाएका ऐनकानुन कति कार्यान्वयन गर्न सक्छौँ, त्यो पक्षलाई पनि हेक्का गर्न आवश्यक रहेको भनाइ पनि सो अवसरमा आएको थियो । राजनीति भनेको दर्शन र विचारबाट अघि बढ्नुपर्छ भन्दै उहाँहरुले आयोगलाई अधिकारसम्पन्न नबनाएसम्म स्वच्छ निर्वाचन बोलीमा मात्रै सीमित रहने धारणा प्रकट गरे ।
निर्वाचन हुन्छ, त्यसमा कुनै भ्रम नराखौं : गृहमन्त्री
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले धेरै छलफल गरेर प्रस्तुत गरेको निर्वाचनसम्बन्धी विधेयक औचित्यपूर्ण रहेको बताए । उनले भने–'अहिलेको सरकार छिटो विधेयक पारित गरेर निर्वाचन गर्न चाहन्छ, यसमा कुनै भ्रम नराखे हुन्छ, भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक पद्धतिलाई बलियो पार्न खोजिएको छ । आगामी चैत महिनामा स्थानीय तह तथा २०७४ साल माघभित्र बाँकी दुई वटा निर्वाचन गराउने कार्ययोजना रहेको छ, छिटो निर्वाचन कानुन निर्माण गरौँ, संविधान कार्यान्वयन गर्न संविधान संशोधन गर्न आवश्यक छ, संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन हुन्छ ।'

कार्तिक २८, २०७३- यदि संगीतमा नलागेका भए उनी अहिले कुनै रेडियो स्टेसन वा टेलिभिजन सेटतिर कुनै कार्यक्रम चलाइरहेका हुन्थे । वा अझ पत्रकार नै भएर फुलटाइम काम गरिरहेका हुनसक्थे । संगीत रोज्ने वा पत्रकारिता रोज्ने बाध्यता आइसकेपछि उनले पत्रकारितालाई पुर्णरुपमा बिश्राम लगाइदिए र आए संगीततिरै । नेपाली संगीतमा अलग परिचय बनाएका ‘वान मेन ब्याण्ड’ सुगम पोखरेल । http://bit.ly/2fnsRhb

कार्तिक २८, २०७३- यदि संगीतमा नलागेका भए उनी अहिले कुनै रेडियो स्टेसन वा टेलिभिजन सेटतिर कुनै कार्यक्रम चलाइरहेका हुन्थे । वा अझ पत्रकार नै भएर फुलटाइम काम गरिरहेका हुनसक्थे । संगीत रोज्ने वा पत्रकारिता रोज्ने बाध्यता आइसकेपछि उनले पत्रकारितालाई पुर्णरुपमा बिश्राम लगाइदिए र आए संगीततिरै । नेपाली संगीतमा अलग परिचय बनाएका ‘वान मेन ब्याण्ड’ सुगम पोखरेल ।


बन्द को अवग्या गरेको भन्दै E-रिक्सा लाई बुटवल को तिनाउ पुल मा आगजनी र अन्य विभिन्न काण्ड हरु हेर्नुहोस भिडियो सहित ...

बन्द को अवग्या गरेको भन्दै E-रिक्सा लाई बुटवल को तिनाउ पुल मा आगजनी र अन्य विभिन्न काण्ड हरु हेर्नुहोस भिडियो सहित ...



बन्द को अवग्या गरेको भन्दै e-रिक्सा लाई बुटवल को तिनाउ पुल मा आगजनी र अन्य विभिन्न काण्ड हरु

आज नेपाल बन्द ? बन्द सफल पार्न सडकमा निस्केका विप्लवका ५१ कार्यकर्ता एकाविहानै पक्राउ

आज नेपाल बन्द ? बन्द सफल पार्न सडकमा निस्केका विप्लवका ५१ कार्यकर्ता एकाविहानै पक्राउ


 नेत्र विप्लव चन्दको माओवादीले आव्हान गरेको आजको बन्द सफल पार्न एकाबिहानै सडकमा उत्रिएका विप्लवका ५१ कार्यकर्ता एकाबिहानै पक्राउ परेका छन् ।

 काठमाडौँ, र ललितपुरका चोक–चोकमा निस्केर सडक अवरुद्ध गर्न खाजेका बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै हिँडेका नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।

पत्ता लाग्यो मनिषाको मृत्युको कारण ! यी हुन् दोषी ल हेर्नुहोस !!!!

पत्ता लाग्यो मनिषाको मृत्युको कारण ! यी हुन् दोषी ल हेर्नुहोस !!!!



बुटबल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनिषा एक्लै थिईन् । 
सिधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाईन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो । 

मनीषाले आत्महत्या नै गरेको भएपनि प्रेमी आशिष चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकृतका अनुसार मनीषाले अन्य व्यक्तिहरुसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा परेको देखिन्छ । 

अरुसँग कुरा गरेको शंकामा उनको प्रेमी आशिष चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई लिएर उनीहरुबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरण्डामा निस्केको र केही समयपछि भित्र जाँदा मनीषालाई झुण्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् । 

प्रेमी आशिष मनिषाले बुधबार दिउँसो ५ बजेतिर आफ्नो फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा दाई बिमलले ब्यूटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका गिए । चौधरीको भनाईलाई विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिमलको फुटबलर साथी हुन् । एसएलसी फेल भएपछि उनी यत्तिकै घरमा बस्दै आउका थिए । मनिषा भने कक्षा ११ पढ्दै आएकी थिइन् । 

मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाको कारण उनको मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भएपनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । 

फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पायो

फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पायो


नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा पुगेको छ । र, अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५-४ ले हराएको छ । यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो । - 
९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो ।
टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।
तल आफ्नो प्रतिक्रिया दिनुहोस !

धादिङ घर बताउने यि महिला भारतमा अलपत्र, चिन्नु हुन्छ भने परिवारलाई जानकारी गराउनुहोस् !

धादिङ घर बताउने यि महिला भारतमा अलपत्र, चिन्नु हुन्छ भने परिवारलाई जानकारी गराउनुहोस् !


नयाँ दिल्ली । हेर्दा सोझो अलि सुस्त मनस्थिति भएको जस्तो देखिने धादिङ जिल्ला झरे खोला काङृरी चितवन नजिकै घरबताउने माया श्रेष्ठ हाल भारतको नोएडा सेक्टर १२२ बाट अलपत्र परेको अबस्थामा फेला परेकी छन । उनलाई नेपाली जनसम्पर्क समिति उत्तर भारतले ,भारतमा रहेको नेपाली दुतावासमा बुझाएको जानकारी जनसम्पर्क समितिका अर्जुन धरेलले जानकारी गराएका छन् । धरेल दिल्लीमा होटल व्यवसायी हुन ।
उनलाइ नेपाली दुतावासम्मा बाह्रखम्बा रोड दिल्लीमा सुरक्षित राखिएको छ । उनी आफ्नो माइती घर फर्कन चाहन्छिन तर उनको माइतीको हुन थाहा हुन भने सकेको छैन । धरेल भन्छन म धादिङ्कै बासिन्दा रहेकोले उनलाइ उनको माईति समक्ष पुराउन चाहन्छु तर माइतीको घर धादिङ भनिएता पनी अझै पत्ता लाग्न भने सकेको छैन ‘। नेपाली जन संपर्क समिति उत्तर भारत क्षेत्रको सकृयतामा उनलाई खोज तलास गरिएको हो । उनि थप्छन “धादिङमा रहेका मानव अधिकारवादी र महिला उद्धार संघसस्थामा मेरो अनुरोध पिडीत माया श्रेष्ठ तपाइ हाम्रो सहयोगले आफनो माइत पुग्न सकुन” ।

सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश, किरण बने हिरो

सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश, किरण बने हिरो


लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल पहिलो पटक एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो।यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो। खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लाओसले टिकाइराख्न सकेन। खेलको ४७ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलियो। खेलको १०४ औं मिनेटमा हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गरेपछि नेपालले २–१ गोल अग्रता लिएको थियो। तर खेलको ११७ औं मिनेटमा लाओसका लागि चामपान्थोङले गोल दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
नेपालले अब उपाधिका लागि मकाउ र ब्रुनाईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
 

Popular Posts

Like us on Facebook

Flickr Images