अख्तियारको डीआईजीमा देवेन्द्र सुवेदी http://bit.ly/2eKnIxC
12:03 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी देवेन्द्र सुवेदी पुगेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रीस्तरीय निर्णयबाट रिक्त रहेको प्रहरी महाशाखामा सुवेदीको सरुवा भएको हो ।
आयोगमा रहेका डीआईजी हेमन्त मल्ल ठकुरी प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा आएपछि आयोगको महाशाखा एक महिनादेखि डीआईजीविहीन थियो ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको प्रहरी परिचालनसम्बन्धी शैलिप्रति असन्तुष्ट भएपछि मल्ल एक महिना अगाडि आयोगबाट प्रधान कार्यालय आएका थिए । हाल उनी प्रहरी प्रवक्ताको रुपमा कार्यरत छन् ।
प्रधान कार्यालय स्रोतका अनुसार बुधबार मन्त्रालयले प्रहरी प्रधान कार्यालयको नीति शाखामा रहेका सुवेदीलाई अख्तियार सरुवाको निर्णय गरेको हो । आयोगमा सरुवा पाएका सुवेदी गम्भीर प्रकृतिको अपराध अनुसन्धानमा पोख्त व्यवसायिक प्रहरी अधिकारीका रुपमा परिचित छन् ।
उनी यस अघि महानगरीय प्रहरी अपराध महाशाखा मध्य क्षेत्रिय प्रहरी कार्यालय र प्रहरीको विशेष ब्यूरो प्रमुख भएर काम गरिसकेका अधिकृत हुन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments