­
­

यसकारण दीपावली मनाइन्छ ?

8:26 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

यसकारण दीपावली मनाइन्छ ?



 हिन्दू धर्ममा दीपावली पर्वलाई धेरै महत्वका साथ मनाउने गरिन्छ। भारतमा पनि दीपावली धुमधामले मनाइन्छ। यसको पछि धेरै कहानीहरु लुकेर रहेको छ।
भनाइ अनुसार राम १४ वर्ष वनवास काटेर रावणलाई बध गरेर अयोध्या फर्किएपछि त्यहाका स्थानीय प्रत्येक घरमा घिउको दियो बालेका थिए।यही कारण दीपावली मनाउने गरिन्छ।त्यहीदेखि दिपावली पर्व मनाउन थालियो। तर यो पनि होइन की त्यहीबाट दीपालवी मात्रै सुरु भएको भने होइन्। यो पर्व हिन्दू मात्रै नभएर अरु धर्मको पनि मूख्य चाडको रुपमा विकसित भइसकेको छ।
महाभारतमा यसको अर्थ फरक तरिकाले पनि बताइएको छ। महाभारतका अनुसार भगवान कृष्णले नरकासुरको बध गरेका थिए। किनकी नरकासुरले १६ हजार गोपीनीलाई बन्दी बनाएका थिए।
उनले नरकारसुरको बध गरेर गोपीनीहरुलाई छुाएपछि विजय उत्सवस्वरुप यो दीपावली पर्व मनाउन थालिएको किंवदन्ती रहिआएको छ।
कार्तिक औशीको दिन पाण्डतवले १२ वर्षको वनवास काटेर घर फर्किएको खुसीमा त्यहाँका नगरवासीहरुले पाण्डवहरुलाई स्वागत गर्न दियो बालेका थिए।यता, शास्त्रका अनुसार भनिएको छ की महालक्ष्मीको जन्म समेत यही दिन भएकाले यसको उपलक्ष्यमा दीपावली मनाउन सुरु गरिएको हो। साथै सोही दिन भगवान विष्णले वाममन अवतारको रुपमा जन्म लिएर लक्ष्मीलाई बालीको कैदीबाट छुटाएका थिए।
यस्तै यो दिन हिन्दू धर्मका महान राजा विक्रमादित्य राज्याभिषेक भएको थियो।यही कारण पनि दीपावली धुमधामले मनाउने गरिन्छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images