­
­

बुद्धिमत्तापूर्ण एवं कुशलतापूर्ण कर्मले नै लक्ष्मीको नजिक पुर्‍याउँछ । शास्त्रीय आधारमा लक्ष्मीलाई खुसी तुल्याउने केही विधि:

12:32 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
बुद्धिमत्तापूर्ण एवं कुशलतापूर्ण कर्मले नै लक्ष्मीको नजिक पुर्‍याउँछ ।
 


कार्तिक ११, २०७३  
लक्ष्मी शब्द हामीकहाँ धनको पर्याय बनेको पाइन्छ । लक्ष्मीलाई धनकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने चलन छ । समग्र विश्व नै धनको पछि लागिरहेको सन्दर्भमा हरेकको मनमा जसरी भए पनि पैसा कमाउने सोच पाइन्छ । ‘एनी हाउ, पैसा कमाऊ’ भन्ने सिद्धान्त बोकेर मानिसहरू पैसा कमाउन दौडिरहेका हुन्छन्, तर के पैसा कमाउन सजिलो छ त ? अनि पैसा कमाउने उपाय के होला ? पैसा त कमाउने तर कसरी ? जस्ता अनेक प्रश्न मानिसको मनमा सल्बलाइरहेको हुन्छ । हिन्दूहरूको महान् पर्व दीपावली अर्थात् तिहारको सम्बन्ध धनकी देवी लक्ष्मीसँगयो पर्वमा लक्ष्मीलाई खुसी तुल्याउनकै लागि अनेकौं काम गरिन्छ । पूजाआजा, यज्ञ–अनुष्ठान एवं जपध्यान आदिका अनेकौं प्रकार सामाजिक प्रचलनमा छन् । तिहारको तेस्रो दिन अर्थात् लक्ष्मीपूजाका दिन नेपालभरि धनकी देवी लक्ष्मीको पूजाआजा गरी घरभित्र लक्ष्मी भित्राइन्छ । निराहार व्रत बसेर पूजा गरेपछि लक्ष्मी प्रसन्न भै धनधान्यपूर्ण गरिदिने हिन्दूहरूको विश्वास छ । यही विश्वासका कारण उनीहरू वर्षमा एकपटक आउने लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी तुल्याउन भरमग्दुर प्रयास गर्छन् । यद्यपि लक्ष्मी ज्यादै चञ्चल हुन्छिन्, जो सितिमिति वशमा आउँदिनन् ।

लक्ष्मीलाई वशमा पार्न सफल धनीहरू पनि एक दिन लक्ष्मीपूजा गर्दैमा लक्ष्मी दाहिना नहुने बताउँछन् । चाणक्य नीतिमा पनि लक्ष्मीलाई खुसी पार्न पूजाभन्दा परिश्रम गर्नु उपयुक्त हुने अर्थात् पूजा भन्नु नै परिश्रम भएको बताइएको छ । चाणक्यका अनुसार फोहोर वस्त्र लगाउने, शारीरिक सरसफाइमा ध्यान नदिने, कटुभाषी, क्रोधी, सूर्योदय एवं सूर्यास्तका बेला सुत्ने व्यक्ति स्वयं नारायण नै भए पनि उसलाई लक्ष्मीले त्याग गर्छिन् ।  

लक्ष्मीलाई रिझाउन त्यति सजिलो छैन । इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, परिश्रमी एवं समयको महत्व बुझ्ने, लगानीको क्षेत्र पहिचान गर्न सक्ने तथा शिक्षित व्यक्ति धनी हुने सम्भावना हुन्छ । धन कमाउन संस्कारी पनि हुनुपर्छ । देखावटी पूजा गरेर मात्र हुँदैन, कर्तव्य पालनमा पनि दृढतापूर्वक लाग्नुपर्छ । जुनसुकै क्षेत्रमा लागे पनि लक्ष्मीलाई खुसी पार्न सकिन्छ भन्ने कुराको उदाहरण आजको विश्वमा अनेकौं अर्बपतिले प्रमाणित गरिदिएका छन् । सामान्य परिवारमा जन्मिएकाहरू आफ्नो कर्मशीलताकै कारण अर्बपति बन्न पुगेका हुन् ।



भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images