कति ‘स्पेशल’ छ ओबामाको ब्ल्याकबेरी फोन हेर्नुस
10:39 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
अहिले अमेरिकी राष्ट्रपति बराक ओबामा ह्वाइट हाउसको भित्र र बाहिर ब्ल्याकबेरी फोन प्रयोग् गर्दछन । यसमा के बिशेष सेक्यूरिटी फिचर्स छ, त्यसका बारेमा यहाँ केही चर्चा गरिएको छ ।
१. संसारकै सबैभन्दा शक्तिशाली ब्यक्तिको सेक्यूरिटीका लागी मात्र पासवर्ड काफी हुँदैन । उसको फोनको ऐमच्योर र प्रफेशनल ह्याकर्स, जासूसी एजेन्सीहरू आदिबाट पनि बचाउनु पर्ने हुन्छ, जो उसको सबै जानकारीहरू पाउनका लागी सधै पछि लागिरहेका हुन्छन ।
२. ओबामा एक दशक भन्दा धेरै समयदेखि ब्ल्याकबेरीको प्रयोग गरिरहेका छन । तर सन २००८ मा राष्ट्रपति बनेपछि उनले केही समयका लागी सेक्टेरा एज फोन प्रयोग गरेका थिए, जुन नेशनल सेक्यूरिटी एजेन्सीले बिशेष रूपमा उनका लागी डिजाइन गरेको थियो तर धेरै कम समयमानै उनले एक कस्टमाइज्ड ब्ल्याकबेरी बोक्न थाले जसमा सेक्योरभ्वाइस नामको स्पेशल सेक्योरिटी सफ्टवेयर इन्स्टल गरिएको छ । यो सफ्टवेयर एनएसएले तयार गराएको थियो ।
३. नयाँ ब्ल्याकबेरीमा ती सबै इन-बिल्ट फीचर्स हटाइएका थिए, जस मार्फत कुनैपनि ह्याकरले उनको फोन सम्म पुग्न सक्दछ । यसमा कुनै गेम छैन र शायद सेल्फी-क्यामरा वा टेक्स्ट गर्ने फङ्क्शन पनि छैन, तर यसमा टप लेवलको सीक्रेट म्यासेज डीकोड गर्ने फीचर्स रहेको छ ।
४. यस फोनमा मात्र १० नम्बरहरूमा कल गर्न सकिन्छ, जुन त्यहि प्रकारको एनक्रिप्शनको प्रयोग गर्दछ । यसमा उप-राष्ट्रपति जो बिडन, ओबामा का चीफ अफ स्टाफ र उनका केही टप सल्लाहाकार, उनको प्रेस सेक्रेटरी, फर्स्ट लेडी मिशल ओबामा र केही अन्य परिवारका सदस्यहरू रहेका छन ।
५. सूत्रहरूका अनुसार राष्ट्रपतिको ब्ल्याकबेरी मात्र एक सेक्योर बेस स्टेशनबाट कनेक्ट हुन सक्दछ, जुन यस डिभाइसको IMEI नम्बर लुकाउने गर्दछ र यसको ट्र्याकिङ असम्भव बनाउँदछ । यसको अर्थ यो हो कि ह्वाइट हाउस कम्युनिकेशन एजेन्सीलाइ हरेक त्यस्ता ठाउँहरूमा यो सेक्योर बेस स्टेशन लिएर जानुपर्दछ, जहाँ ओबामा जाने गर्दछन ।
६. राष्ट्रपतिकोमा लिमोजिन र शायद एयर फोर्स वन मा पनि एक सेक्योर बेस स्टेशन हुनु आवश्यक छ । यो सेक्योर बेस स्टेशन वाशिंगटनबाट एक सेक्योर स्याटालाइट लिंकबाट कनेक्टेड हुन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments