संविधान संशोधनपछि चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको भनाइ
12:14 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्ने बताएका छन् । उनले संविधान संशोधनको अन्तिम तयारीमा सरकार र दलहरु रहेको दाबी समेत गरे । उनले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको बताए ।
बुधबार माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दै गएको पनि बताए । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील रहेको उनको भनाइ छ । ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला' प्रधानमन्त्री दाहालले भने, 'त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् ।'
प्रधानमन्त्री दाहालले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको उनको दाबी छ । प्रधानमन्त्री दाहालले भने, 'मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो सामान्य कुरा होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
नयाँ सरकार गरिबको पक्षमा क्रियाशील रहेको प्रधानमन्त्रीले बताए । पर्वतको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री दाहालले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने आश्वासन दिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments