­
­

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति

11:41 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति



पोखराका व्यवसायी चन्द्रकान्त बरालले जीवनमा धेरै चुनौती खेपे । अन्तत: चुनौतीलाई सामना गरेरै उनले आफूलाई सफल व्यवसायी साबित गरे ।
पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा उनीसहित सात जना दाजुभाइले बाँडीचुँडी खाने दुई सय रोपनी जग्गा थियो । ३६ वर्षअघि सो जग्गा कृषि विकास बैंकमा धितो राखेर बरालले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका थिए । उनले हात हालेको व्यवसाय थियो, बंगुर पाकेही गर्छु भन्ने सोचले बंगुर पाल्न थालेका बराललाई त्यो समयमा कम्ता आपत परेन ! बाहुनको छोराले बंगुर पालेको भनेर समाजबाट आलोचना मात्र खेपेनन्, कामदार पाउन समेत मुश्किल पर्‍यो । उता बंगुर पनि भटाभट मरेपछि व्यवसाय नै डुब्यो । एक लाख रुपैयाँ चोखै गुम्यो । त्यति रकम ०३७ साल ताका ठूलै थियो । उनले लाख रुपैयाँ डुबाएपछि धितो राखेको जग्गा फर्कनेमा दाजुभाइले समेत आस गुमाएका थिए । तर, बरालले हिम्मत नहारी समस्याको डटेर सामना गरे ।
भ्याक्सिन नपाउँदा बंगुर सखाप
पशु सेवा कार्यालयमा तालिम लिएर ग्रामीण कार्यकर्ताको अनुभव बटुलेका बरालले बंगुरको एउटा पाठा बेचेर दुई सय ५० रुपैयाँसम्म कमाउने सपना बोकेका थिए । वर्षमा दुई पटकसम्म बंगुर उत्पादन हुने र एक पटकमा १८ देखि २२ वटासम्म पाठा जन्मने हुँदा परिवारमा पनि ठूलै आशा थियो । तर, जन्मेका पाठा भकाभक मर्न थालेपछि सबै आशा खरानी भयो ।
भ्याक्सिन नहुँदा स्वाइन फिभर रोगले बंगुर सखाप बनाएको बराल बताउँछन् । ‘त्यतिबेला बंगुरमा लगाउने भ्याक्सिन नहुँदा मेरो सपना मात्र तुहिएन, परिवारको भविष्य नै संकटमा पर्‍यो’, उनले भने ।
तर, उनीभित्र आशाको झिल्को बाँकी नै थियो ।
एकातिर बैंकको ऋण र अर्कोतिर बंगुर पालेर धर्म गुमाएको भन्दै समाजको आलोचना खेपिरहेकै थिए, दोहोरो तनावका कारण उनले घर जान समेत बिस्तारै कम गरेका थिए ।
पोखरामै खोलिएको सानो फिड इन्डष्ट्रिज र पछि मिलन फिडमा बरालले जागिर खाए ।
सफलताको सूत्र निरन्तर मिहिनेतलन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images