एक बालिका जो ‘दुई पटक’ जन्मिइन्
7:34 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
एक बालिका जो ‘दुई पटक’ जन्मिइन्
– मानिस दुई पटक जन्मिन्छ भन्नेमा कत्तिको विश्वास लाग्छ । हो यस्तै दुर्लभ घटना अमेरिकामा भएको छ । टेक्सासकी एउटा बालिका दुई पटक जन्मिएकी छिन् । आमाको जीवन बचाउने शल्यक्रिया हुँदा बालिकालाई २० मिनेट कोखबाट बाहिर निकालिएको थियो । १६ साताको गर्भ हुँदा मार्गरेट हकिन्स बोइमरले गर्भको बच्चा (हाल उनको नाम लिन लि होप) को स्पाइनमा ट्युमर भएको थाहा पाएकी थिइन् । साक्रोकोसाईजेल टेराटोमा नाम गरेको सो डल्लोले भ्रुणको रगतलाई डाइर्भट गरेको थियो । १६ सातामा बालिकालाई कोखबाट बाहिर निकाल्दा उनको तौल ० दशमलब ५३ केजी रहेको थियो ।
बोइमले गर्भमा जुमल्याहा भएको अनुमान गरेकी थिइन् । तर, पछि ट्युमर भएको खुलासा भएको थियो ।
खतरनाक शल्यक्रिया गर्न भन्दा गर्भपतन गर्न चिकित्सकहरुले उनलाई सुझाब दिएका थिए । शल्यक्रियाको समयमा ट्युमर र नजन्मिएको बेबीको आकार समान थिए । बालिका बाच्ने सम्भावना ५० प्रतिशत रहेको चिकित्सकले बताएका थिए । ‘२३ सातामा ट्युमरले बालिकाको मुटुको चाल बन्द हुने अवस्थामा थियो । तसर्थ ट्युमरलाई बढ्न दिएर बालिकाको ज्यान जोखिममा पार्ने वा बालिकालाई बचाउने दुई ओटा विकल्प थिए ।’ उनी भन्छिन, ‘उनलाई कोखबाट झिकेर बचाउने निर्णय गर्यौं ।,’
उनको मुटु रोकियो
बालिकाको ट्युमर निकै ठूलो भएको टेक्सास चिल्ड्रेन्स फेटल सेन्टरका चिकित्सक दारेल कास बताए । ट्युमर निकाल्न ठूलो घाउ बनाउनु परेको उनले जानाकारी दिए ।
बालिकाको मुटु शल्यक्रिया गर्द केही बेर रोकिएको तर एक मुटु विज्ञले उनलाई जीवितै राख्न सफल भएको उनले बताए। शल्यक्रियापछि बालिकालाई कोखभित्रै राखेर सिलाएका थिए । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments