­
­

केपी ओली भन्छन एमाले नेतृत्वमा सरकार नभई मुलुकमा विकास हुँदैन.

8:04 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

केपी ओली भन्छन एमाले नेतृत्वमा सरकार नभई मुलुकमा विकास हुँदैन.



१३ कात्तिक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गर्नुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

सत्ता साझेदार दल कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षड्यन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका बेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आएको हो ।राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको ओलीको भनाइ थियो । उनले नेकपा माओवादी केन्द्रतर्फ इंकित गर्दै एमाले जनतामा लोकपि्रय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको आरोप समेत लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले मुलुकमा सुशासन र पारदर्शीता कायम हुनुपर्छ भन्ने पक्षमा रहेकाले एमाले लोकमानविरुद्ध महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट पारे ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images