अन्तर्राष्ट्रिय ठूला जहाज पनि इमर्जेन्सी अवतरण गर्न
5:54 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
अन्तर्राष्ट्रिय ठूला जहाज पनि इमर्जेन्सी अवतरण गर्न
भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको हो ।
विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छ’, आयोजना प्रमुख ओम शर्माले भने, ‘अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।’
अहिले प्रि बेसको काम भइरहेको उनले बताए । यो चरणमा रिभर बेल्ट मेटेरियल्स (गिट्टी र बालुवा) बाट दुई फिट रनवे माथि उठाइन्छ ।
रनवे बनेपछि विमानस्थलको झन्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ ।
शर्माका अनुसार अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ । जमिनमुनिको अप्ठ्यारो काम लगभग सम्पन्न भएको छ । जमिनभन्दा माथिको काम तुलनात्मक रूपमा सजिलो हुने भएकाले छिटो अगाडि बढ्ने उनले बताए । ‘बर्सात् र दसैंतिहारले काममा अवरोध भएको छ’, उनले भने, ‘तिहारलगत्तै कामले तीव्रता पाउनेछ ।’
रनवेको बीचमा घाँघरा नदी पथ्र्यो । नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर ‘डाइभर्सन’ गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणकार्य जारी छ । टर्मिनल भवनको बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी शर्माले दिए । अहिले जमिनमाथि पिलर उठाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा अराइभल र डिपार्चर भवन छुट्टाछुट्टै हुनेछन् । अराइभल भवनको अन्डरग्राउन्डमा एरोनिकल र मेकानिकल कक्ष हुनेछ ।
कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणकार्य पनि जारी छ । यो भवनको पनि जमिन तलको काम सकिएको शर्माले बताए । रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । अन्नपूर्ण पोस्टमा खबर छ |
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments