Dashain gold prices decreased by Rs 23 pratitola

9:23 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
Dashain gold prices decreased by Rs 23 pratitola

महासंघको तथ्यांकअनुसार असोज १५ गते प्रतितोला छापावाला सुन ५८ हजार ३ सय (दस ग्राम ४९ हजार ९ सय ८५) रुपैयाँमा कारोबार भएको थियो । २१ गते शुक्रबार प्रतितोला ५६ हजार (दस ग्राममा ४८ हजार १०) रुपैयाँमा कारोबार भइरहेको छ । २२ गतेदेखि सार्वजनिक बिदा भएकाले दसैंभरि यही मूल्य (प्रतितोला ५६ हजार) मा कारोबार हुनेछ । दसैंकै मुखमा सुनको भाउ वृद्धि हुँदा व्यवसायीसँगै सर्वसाधारणलाई केही राहत भएको छ । मूल्य घटेपछि गहना किन्ने ग्राहकको संख्यामा केही वृद्धि भएको व्यवसायीहरू बताउँछन् । महासंघका अनुसार उपत्यकाभन्दा जिल्लामा गहनाको कारोबार उल्लेखनीय वृद्धि भएको छ ।
‘मूल्य घटेपछि कास्की, भैरहवा, चितवन, बुटवल, धरानलगायत मुख्य व्यापारिक क्षेत्रमा कारोबार ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ,’ अध्यक्ष शाक्यले भने, ‘थप बढ्ने क्रम जारी छ ।’ काठमाडौं, भक्तपुर, ललितपुरमा भने कारोबार सन्तोषजनक रहेको उनले बताए । उपत्यकामा किनमेल गर्ने समय सकेपछि मूल्य घटेकाले कारोबारमा वृद्धि नभएको महासंघले जनाएको छ ।
‘२ साताअघि नै मूल्य घटेको भए कारोबार ह्वात्तै बढ्थ्यो,’ उनले भने, ‘मूल्य घट्नु बेसाइतमा पर्दा उपत्यकामा कारोबार बढेन ।’ अधिकांश ग्राहकहरू जिल्ला फर्किसकेकाले उपत्यकामा सोचेजस्तो व्यापार नभएको उनको भनाइ छ । महासंघको तथ्यांकअनुसार घटस्थापनायता सुनको भाउ निरन्तरले घटेको छ । बुधबार एकैदिन ११ सय रुपैयाँले घटेको थियो ।
चाडपर्वमा मूल्य घटदा गहना पसलमा सर्वसाधारणको भीड छ । गहनाको कारोबार मुख्यत: दसैं, तीज, तिहार र बिहेको सिजनमा हुन्छ । अघिल्लो महिना (तीज) मा सुनको मूल्य प्रतितोला ५९ हजारमा कारोबार भएको थियो ।
जसले गर्दा गहनाको कारोबार सुस्त थियो । भाउ बढेपछि सुनको दैनिक माग १२ देखि १८ किलो मात्रै थियो । हाल मूल्य घटेकाले माग बढेर दैनिक २५ किलो पुगेको अध्यक्ष शाक्यले बताए । दसैंलगतै तिहारमा पनि गहनाको कारोबार ह्वातै बढ्छ । तिहारमा मुख्यत धनतेरजका दिनमा कारोबार हुन्छ । त्यस दिनमा पनि कारोबार दोब्बरले बढ्ने महासंघले जनाएको छ । धनतेरसमा गहना भित्राउँदा लक्ष्मीको बास हुने मान्यता रहेकाले अन्य दिनको तुलनामा कारोबार बढ्ने व्यवसायीहरूको भनाइ छ ।
‘अन्य समय कारोबार सामान्य भए पनि चाडबाडमा यसको व्यापार बढ्छ,’ उनले भने, ‘मुख्यत: धनतेरसका दिन बढी हुन्छ ।’ त्यस दिन प्राय: उपभोक्ताले सिक्का, औंठी, बाला किन्ने गर्छन् । व्यवसायीका अनुसार त्यसबेला अर्डरभन्दा रेडिमेट गहना किन्ने बढी हुने गरेको उनीहरू बताउँछन् । धनतेरसमा मुख्यत चाँदी गहनाको कारोबार वृद्धि हुन्छ । घटस्थापनायता चाँदीमा प्रतितोला ५५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
सुन मुख्यत दुबई, हङकङ, स्विट्जरल्यान्डबाट आयात हुन्छ । ती सुन वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।
कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको १५ किलो मात्रै किन्न पाउँछन् । उक्त सुन व्यापारीले गरगहना बनाएर मात्रै बेच्न पाउने व्यवस्था छ । यसैगरी सुनचाँदी व्यवसायीका संस्थालाई पनि सुनको कोटा तोकिएको छ । यी संघसंस्थाको सिफारिसका आधारमा मात्र व्यवसायीले सुन खरिद गर्न सक्छन् ।
घटस्थापनायता सुनको मूल्य (रुपैयाँमा)
१५ गते (प्रतितोला ५८,३००
१६ गते (प्रतितोला ५८,१००
१७ गते (प्रतितोला ५७,९००
१८ गते (प्रतितोला ५७,८००
१९ गते (प्रतितोला ५६,७००
२० गते (प्रतितोला ५६,३००
२१ गते (प्रतितोला ५६, ०००
इकान्तिपुर बाट साभार
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images