Minister Thapa urged not to politicize the health sector
10:25 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि राजनीतिक आस्थाका आधारमा स्वास्थ्य क्षेत्रमाथि खेलबाड नगर्न दललाई आग्रह गर्नुभएको छ ।
उहाँले आज ज्यामिरगढी स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मन्त्री थापाले राजनीतिक आस्थाकै कारण स्वास्थ्य क्षेत्रमा समस्या बढेको बताउँदै यसको दीर्घकालीन रुपमा समाधान गर्न सबै जुट्नुपर्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले विशेष पहल गर्नेछ ।”
सरकारको सहरी विकास योजनाअन्तर्गत रु एक करोड ३४ लाख ७५ हजारको लागतमा सो नौ कोठे स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो ।
उहाँले गरिब र असहायले पैसाको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्दै सरकारले स्वास्थ्य बिमाका कार्यक्रमसमेत ल्याएको बताउनुभयो । उहाँले झापामा चाँडै यो योजना लागू गर्ने बताउँदै सबैलाई स्वास्थ्य बिमा गर्नका लागि आग्रह गर्नुभयो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments