­
­

Senior Jumla lively horse racing

4:21 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
Senior Jumla lively horse racing

नेपालीहरुको महान चाड दशैंको फूलपातीको दिन जुम्ला सदरमुकाम खलंगामा रहेको राजा सिममा घोडा दौड प्रतियोगिता अयोजना गरिएको छ । 

परम्परादेखि जुम्लामा चल्दै आएको घोडा दौड विगतका केहि वर्षमा रोकिएको थियो । २०५५/०५६ सालमा जुम्ला विमान स्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको स्थानीय जानकार जयकृष्ण आचार्यले बताए । उनका अनुसार हरेक वर्ष फूलपातीको दिन  जुम्ला एयरपोटको धावनर्मागमा घोडा दौड हुन्थ्यो । तर धावनमार्ग पिच भएपछि घोडा दौड हराउँदै गएको थियो । 

१७ वर्षपछि कर्णाली स्पोर्ट क्लबले जुम्लामा घोडा दौड प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा २२ वटा घाडाले भाग लिएको आयोजकले जनाएको छ । १७ वर्षपछि घोडा दैडको रौनक बेग्लै देखिन्थ्यो । सयौं मानिसहरु घोडा दौड हेर्न खलंगा पुगेका थिए । 

उक्त दौड प्रतियोगितामा तालिम (पालनपोषण) तर्फ लाम्रा–६ का पूर्णचन्द्र चौलागाईको घोडा प्रथम भएको थियो भने डिल्लीचौर–४ दत्तबहादुृर बुढा दोस्रो र पातारासी–१  भैरबहादुर बोहोराको घोडा तेस्रो भएको छ । 

त्यस्तै कदम विद्यामा चन्दननाथ–१० तलिउमको धनरासी भण्डारीको घोडा प्रथम, छुमचौर–३ कर्णबहादुर बोहोराको घोडा दोस्रो र डिल्लीचौर–८ का लोकबहादुर रेउलेको घोडा तेस्रो भए ।  

खुला दौड प्रतियोगितामा चन्दननाथ–३ का हर्षबहादुर बुढथापाको घोडा प्रथम, डिल्लीचौर–८ का लोकबहादुर रोउलेको घोडा दोस्रो र गोठिचौर–४ का नेत्रबहादुर रोकायाको घोडा तेस्रो स्थानमा आएको आयोजकले जनाएको छ । 






http://bit.ly/2dAp55y
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images