The court extended the house Lokman Stitch

11:57 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
The court extended the house Lokman Stitch

सर्वोच्च अदालतको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न हिँडेको छ । कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली म्याद टाँस्न गएको हो । 
आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने निर्णय गरेको हो । 
टाँस्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाइने छ । सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुनेछ । 
आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।
सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् । 
अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । 


http://bit.ly/2dqDVeU
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images