National leaders now, not far from the day people noticed!
3:36 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
“काम कुरो एका तिर , कुम्लो बोकी ठिमी तिर”…………….
सानो छंदा खेरि देखि सुन्दै आएको यो उखानलाई बिर बहादुरले त्यति बेला खासै महत्व दिएनन्। किन कि पेट भरि खाना पाए आङ् भरि लगाउन पाए अरु के नै चाहिन्थ्यो र। जब जब उमेर ढल्दै गयो तब यि हरेक शब्दहरु खास गरि बाल्यकालको ति बितेका दिनहरु बिरबहादुरलाई झल्झली याद आउन थाल्यो। बाबु आमाले अह्राएका कामहरु गर्न छाडेर धेरै चोटी मन परी गरेर हिडेका दिनहरु याद आउन थाल्यो। सहि समयमा काम सम्पन्न नगर्दा पछुताएका दिनहरु को सम्झना ताजा भएर आयो।
समयको नरोकिने गति संगै बिरबहादुरका ति अतितहरु नेपालको वर्तमान राजनैतिक दल, सरकार र सत्ता भनिने महा जमाएर राखेका गुलियो भाँडो वारि पारी घुम्ने कमिला र झिंगाको खेल ठ्याक्कै (हुबहु) मिल्न गएको स्मरण हुन्छ। लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पछि पनि मुलुक यति बेला एउटी आमाको प्रशाव पिडा भन्दा पनि चर्को पिडामा डुबेको छ। कतै धर्मको नाममा, कतै विकासको नाममा, कतै भाषाको नाममा, कतै सिमांकनको नाममा, कतै संविधानको नाममा, कतै सुरक्षाको नाममा वा कतै जातिय तथा लैंगिक अधिकार इत्यादिको नाममा। पछिल्लो समय भाषाको बिषयलाई लिएर खबर पत्रिकाहरुका पहिलो पृष्टा रंगिन बन्न पुग्यो। सामाजिक सञ्जलहरु यति धेरै तातिन पुग्यो कि सम्बन्धित सबैलाई यति धेरै गाली गलौंचका शब्दहरु कुनै पनि कामको निर्णय लिनु भन्दा पहिले सरकारले हजार पटक सोच्नु जरुरी छ भन्ने कुराको उदाहरण हो यो।
सरकार र नेताहरुको एउटा गतिलो योजना, विकासका लागि न्युनतम पुर्वधार र इच्छा शक्तिको कम्जोरीले गर्दा स्रोत र साधनले सम्पन्न मुलुक हेर्दा हेर्दै विश्व कै गरिब देशहरुको सुचीमा दर्ता हुन पुग्यो। भौतिक तथा आर्थिक क्रान्ति गर्नुको लागि जहिले पनि मुलुकको राजनैतिक तथा शासन प्रणाली नै परिवर्तन गरिनु पर्दछ भन्ने मुद्दा बनाउने नेता महोदयहरु अन्तत: नेपाली जनताको खुन र पसिनाको साथले गणतन्त्र स्थापनाको इतिहांस रच्यो। यधापी जुन जोगी आए पनि कानै चिरेको भनाई भन्दा पृथक उपलब्धि केहि हुन सकेन।
आखिर मुलुक कुन दिशा तिर उन्मुख भै रहेको छ त? एक पटक आम नेपाली जनताले गम्भिर भएर सोच्नु पर्ने कुरा हो। नाच्नु जान्दैन आंगन टेढो भने जस्तो कहि केहि नपाएर भाषा लिपी संसोधन र हिन्दी तथा अंग्रेजी भाषालाई सरकारी भाषा बनाउने खेल आयोजना गर्नु के मुलुकको दिगो विकास र अमुल परिवर्तनको पुर्वधार हुन सक्छ!
राज्य पुनसंरचनाको नाममा देशलाई टुक्राएर मात्र विकास हुने कस्तो खाले आधुनिक सिद्दान्त हो!
अमुक धर्मको राष्ट्र हुनै पर्ने यो मुलुकका केहि बुद्दिजीवि, जनता र नेताहरुको सोंच जस्तो बिषय र यसैलाई विकासको पुर्वधार मान्नु कति समय सापेक्षा छ!
स-साना योजना र विकासका निर्माणका आयोजनाहरु सम्पन्न गर्न राष्ट्रहीत विपरीत सम्झौता गरि छिमेकीलाई दिनु के विकासको पुर्वधार हुन सक्छ !
सक्छौ भने ….तिमी आफै देशको विकास गरि देखाऊ। एक अरब भन्दा धेरै जनसंख्या भएको भारत जस्तो द्रुत गतीमा सामरिक शक्ति तर्फ उन्मुख राष्ट्रलाई पुग नपुग मात्रै २० करोड जन संख्या भएको पाकिस्तान जस्तो भौगोलिक तथा जनसंख्याको हिसाबले सानो राष्ट्रले आफ्नो स्वाभिमान, सार्बभौम र अखण्डताको लागि ऊरी घटना पछि आजको दिनमा जुन प्रकारको शक्ति प्रदर्शन गर्दछ र लड्न अगाडी सरेको छ। त्यो गरेर देखाऊ। होइन भने राष्ट्र र राष्ट्रियता माथि आंच आउने काम गर्न सरोकारवाला कसैलाई एक इञ्च छुट छैन।
समग्रमा भन्ने हो भने “के यहां सुरु मै उठाइएको उखान नै प्रमुख कारण त होइन” ? आज मुलुक लाई सहि योजना र उचित कार्यन्वयनको खांचो छ। सिंहदरबार भित्र माथि उल्लेखित बुँदाहरु माथि बहस र छलफल गर्नु आजको दिनमा कुनै जरुरत छैन किन कि माथि उल्लेखित समस्यमा अल्झेर यो देशमा केहि हुने वाला छैन। भाषा धर्म र संस्कार हराउनु हुदैन तर कुनै अर्को राष्ट्रको भाषा लिपीलाई सरकारी कामकाजको भाषा होस भनेर बतुराउनु मुर्खता भन्दा अरु केहि हुन पनि सक्दैन।
आम नेपाली के चहान्छ त्यो प्रमुख कुरा हो। नेपाली जनताको आजको आवश्यकता महत्वपुर्ण बिषय हो। नालायक ६०१ जना लंगुर बाँदरहरुको झून्डाहरु यदि यसरी नै झिना मसिना कुरामा समयको वर्बाद गरि रहने हो भने अब छिट्टै मुलुकमा भयानक गृहयुद्दा निम्तिने छ र त्यस पछिको हाम्रो अवस्थ भनेको कँगो र सोमालिया भन्दा डर लाग्दो र दयानिय हुनेछ।
स्वाभिमान, सार्वभौम र अखण्डताको गीत गाउने यि भुस्यहाहरुले फिजी र सिक्किमको हालत बेहोर्नु पर्नेछ भने तिनीहरुको पापको फल आम नेपाली जनताले पनि। त्यसैले “काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर” भने जस्तो व्यवहार आजै देखि कहिल्यै नगरौ र गर्न पनि नदिऊ। यदि सत्ता र अकुत सम्पत्तिको लागि पौने तीन करोड नेपाली जनताको हीत बिपरित हिड्ने कु चेष्टा मात्रै गर्यौ भने पनि एक दिन बेस्सरी पछुताउने छ। पशुपतिनाथ बाबा र भगवान बुद्दाको कसम कुनै दिन दशरथ रंगशालामा लहरै ऊभ्याएर ६०१ नालायकलाई जनताले ठोक्ने दिन नआवोस। भुस्यहा कुकुरको मरण मर्ने दिन नआवोस। प्रार्थना गर्दछु।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments