The new government led by Prachanda government collapse Bam becoming niscitah, Minister ready list

8:35 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
The new government led by Prachanda government collapse Bam becoming niscitah, Minister ready list

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् ।
उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताको सूचीसमेत तयार भइसकेको दाबी गरे ।
नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दशमी, नेपाल संवत् ११३७ नयाँ वर्ष, दीपावलीको शुभकामना कार्यक्रममा अध्यक्ष बिजुक्छेले सधैं सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना रहेको बताए ।
अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैनु, उनले भने, भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ ।
उनले प्रधानमन्त्री दाहाललाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिए । ‘प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०(७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको छ’, अध्यक्ष बिजुक्छेले भने ।
उनले प्रधानमन्त्री दाहालका सचिव तथा सल्लाहकारसमेत भारतीय दलाल भएको दाबी गरे । ‘दाहालका सचिव तथा सल्लाहकारहरू भारतीय विस्तारवादका दलाल नभएका भए नेपाललाई भूटानको स्थितिमा पुर्‌याउन सकिने थिएन’, उनले भने, ‘त्यसैले दाहालले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत होइन ।’
उनले भारतीय विस्तारवादविरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको भन्दै त्यसको लागि तयार रहनु युवाहरुलाई निर्देशन दिए । अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images