­
­

ह्वात्तै घट्यो कुखुराको मासु , यस्तो छ घट्नुको कारण

8:31 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

ह्वात्तै घट्यो कुखुराको मासु , यस्तो छ घट्नुको कारण


काठमाडौं- कुखुराको मासु (चिकेन)को मूल्य घटेको छ । व्यवसायीका अनुसार राजधानीमा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । दसैँ–तिहारमा कुखुराको मासुको खपत घटेको, तर उत्पादन बढेका कारण मूल्यमा गिरावट आएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । संघ अध्यक्ष जंगबहादुर बिसीका अनुसार कुखुराको मासु दसैँमा २ सय ९० र तिहारमा २ सय ७० रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो । ‘तिहारलगत्तै चिकेनको मूल्य २ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ,’ उनले भने । दसैँ–तिहारमा खसी, बोका र भेडा–च्यांग्राको मासुको खपत उच्च भयो । र, यो अवधिमा कुखुराको खपत घटेको थियो । खपत घटे पनि फार्ममा निरन्तर उत्पादन भइरहेको थियो । ‘चाडपर्वमा कुखुराको मासु खपत घट्ने र फार्ममा नियमित दरमा उत्पादन भइरहने कारण अहिले स्टक बढेको छ,’ बिसीले भने, ‘स्टक कति छ भन्ने थाहा छैन, त्यसैले स्टक रहुन्जेल मूल्य यथावत् रहने देखिन्छ ।’ हालको मूल्य तुलनात्मक रूपमा न्यून रहेको उनले बताए । हालको मूल्यबाट लागत मात्रै उठ्न सकेको उनले बताए । २ सयसम्म झरेको थियो १२ वैशाख, ०७२ मा भूकम्प गएपछि मास खपत ह्वात्तै घटेको थियो । त्यसवेला कुखुराको मासु २ सय रुपैयाँ प्रतिकिलोमा झरेको थियो । ‘भूकम्पका वेला २ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपरेको थियो, पछिल्लो समयको सबैभन्दा कम मूल्य त्यही हो,’ बिसीले भने । कुखुराको मासु औसतमा प्रतिकिलो २ सय ९० देखि ३ सयको आसपासमै रहने गरेको उनले बताए । तर, चाडपर्वमा खपत नभई स्टक बसेका कारण हाल घटेको व्यवसायीको भनाइ छ । नयाँ पत्रिकाले छापेको छ । मंसिर लागेपछि बढ्ने व्यवसायीका अनुसार उपत्यकामा दैनिक ३ लाख ५० हजार किलो र देशभर ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । जाडो समयमा झन् बढी हुन्छ । ‘जाडोमा कुखुराको मासुको खपत उच्च हुन्छ,’ उनले भने, ‘त्यसैले मंसिर लाग्नासाथ मूल्य उकालो लाग्न थाल्छ ।’ जाडोमा कुखुराको मासु प्रतिकिलो ३ सय रुपैयाँभन्दा बढी पर्ने व्यवसायीको भनाइ छ । कुखुराको मासुलाई अन्यभन्दा स्वस्थकर मानिन्छ । -  
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images