नेपाल बन्दको बिरोध गर्दै मेन्स रुम रिलोडेड बुटवलका युवाहरु
2:24 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
एमाओवादीवाट टुक्रिएको एउटा सानो संगठन ‘विप्लव’ माओवादीले गरेको वन्दको विरोधले उसको वन्दलाई छायाँमा पारेको छ । वुटवल, पोखरा, काठमाण्डौंसहित देशका मुख्य शहरमा युवाहरु स्वतस्फुर्त वन्दको विरोधमा उत्रीएसँगै सडकमा मोटरसाईकल देखी केही फ्याट्टफुट्ट चारपाङ्ग्रे सवारीसाधन चलेका छन् ।
एमआरआर युवाहरु मोटरसाईकल सहित ‘नेपाल वन्द गर्न पाईदैन, हाम्रो नेपाल खुल्ला छ’ लगायतका भाषणसहित सडकमा उत्रिएसँगै सर्वसाधरण सडकमा निस्कीएका थिए । सडकमा वन्द खुलाउन निस्कीएका युवाहरुले नेकपा माओवादीले आज आइतबार गरिएको नेपाल बन्दको चर्को विरोध गरेका छन् ।
बन्दलाई नगरिकस्तरबाट व्यापक जनसमर्थन प्राप्त भएको विप्लव माओवादीले दावी गरेपनि यसरी सडकमा वन्दको विरोधस्वरुप युवाहरु सडकमा निस्कीएका छन् । वन्द आह्वानपछि देशैभरी स्कुल, कलाकारखाना, पसल वन्द छन् ।
बुटवलमा ‘नेपाल खुल्ला छ, बन्द गर्न पाईंदैन’ लेखिएका प्ले कार्ड लिएका युवाले बुटवलमा जुलुस निकालेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आइतबार गरेको बन्द के का लागि भन्ने धेरैलाई थाहा छैन । बन्द रे भन्ने हल्ला सुनेर धेरै विद्यालय र क्याम्पस बन्द भएका छन् । केहीले गाडी चलाउने आँट गरेपनि धेरैले ग्यारेजमै गाडी थन्क्याएका छन् ।
यसैविच बाटो बन्द गर्दैैैै हिँड्ने ५० जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments