­
­

विक्रसम्वत २०७३ साल कात्तिक २६ गते शुक्रवारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल -

10:59 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
विक्रसम्वत २०७३ साल कात्तिक २६ गते शुक्रवारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल - See more at:  


श्रीसूर्य दक्षिणायन शरद ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल कार्तिक २६ गते शुक्रवार, नेपाल सम्बत ११३७ कछलाथ्व, सन् २०१६ नोभेम्बर ११ तारिक शुक्लपक्ष द्वादशी तिथि राती २ वजेर ३९ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र राती १० वजेर ८ मिनेटसम्म, हर्षणयोग अपरान्ह १ वजेर ५७ मिनेटसम्म, बवकरण अपरान्ह ३ वजेर ३७ मिनेटसम्म, आनन्दादियोग ध्वज, सूर्य तुला राशीमा,चन्द्रमा मीन राशीमा । हरिवोधिनी एकादशी व्रत,तुलसी विवाह । -  
मेषः– घर बाहिर जाने स्थिति आउन सक्छ । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । समयमा काम हुने छैनन । रिस र अहंकार मात्रै बढ्नेछ । व्यापार व्यवसायबाट उपलब्धि हुने देखिन्न ।
वृषः– विचलित नभई काम गर्नु होला सफल हुनुहुनेछ । आम्दानीका स्रोत बढ्ने छन् । परिवारबाट पूर्ण सहयोग पाईनेछ । व्यापार व्यवासयमा उन्नति हुनेछ । सहयोग,सुख,शान्ति र ऐश्र्वय मिल्ने छ ।
मिथुनः– आफन्तका सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।
कर्कटः– कामको विश्वासिलो बातावरण अझै बन्ने देखिन्न । अरुको काममा बढि व्यस्त हुँदा आफ्ना कामले गति लिने छैन । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवारमा ध्यान दिनु होला ।
सिंहः– प्रतिकुुल बातावरणमा काम गर्नु पर्ला । आफ्नो सोचाई एकातिर काम अर्कैतिर हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने छ । स्वास्थ्य कामजोर हुनेछ । परिवारमा पनि मनमुटाव बढ्ने छ ।
कन्याः– वैदेशिक कार्यबाट लाभान्वित हुनुहुने छ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुने छ । व्यापारबाट आय आर्जन पनि बढ्नेछ ।
तुलाः– आफुले गरेका कामबाट अरु पनि लाभान्वित भईने छ । गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।
वृश्चिकः– नयाँ विचारका साथ काममा अगाडि बढ्न खोजे पनि सकिने छैन् । सजिलोसँग काम हुने छैनन । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । घरमा भन्दा घर बाहिर सजिलो हुनेछ ।
धनुः– मनमा नानाथरिका कुरा खेल्ने छन् । समस्याबाट टाढा बस्न पाइने छैन । लेन कारोवारले सताउन छ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकरः– बैदेशिक कार्यमा रुची बढ्ने छ । काम गरेर दाम पनि कमाउन सकिने छ । उद्योग धन्दा बन्द व्यापारबाट पनि आम्दानी बढ्नेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।
कुम्भः– समयले पूर्ण साथ नदिएको हुदा काम गर्दा विचार पु¥याउनु होला । धैर्यतापूर्वक गरेका काम सफल हुने छन् । सानो गल्तिले ठुलो क्षति हुनेछ । मिलेर गरेका काम सफल हुने छैनन ।
मिनः– गतिरोधको अन्त्य हुनेछ । तनावमा कमि आउनेछ भने मनमा उत्साहा थपिनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । विचारपूर्वक गरेका काम सफल हुने छ । आय आर्जन बढ्नेछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images