­
­

भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिमा विशेष पूजा

12:41 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
 
भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिमा विशेष पूजा




२८ कात्तिक – नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ ।   
सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
मन्दिरका मूलभट्ट गणेश भट्टले सेनाध्यक्ष सिंहलाई रुद्राभिषेक गराई फूलप्रसाद लगाइदिनुभएको थियो । भारतीय गोरखा सेनासँग नजिक भएर काम गर्नुभएकाले पशुपतिमा पूजा एवम् दर्शनका क्रममा उहाँले नेपाली भाषामा कुराकानी गर्नुभएको थियो ।
एक घन्टा ५ मिनेट पशुपतिनाथमा विधिवत् पूजा गरेर ६४ लिङ्ग परिक्रमा गरी उहाँ बाहिरिनुभयो । कोषको आगन्तुक पुस्तिकामा स्थल सेनाध्यक्ष सिंहले पशुपतिको पूजा र दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्दै ऐतिहासिक, पुरातात्विक, पौराणिक र धार्मिक महत्व बोकेको पशुपतिनाथ मन्दिरको संरक्षण एवम् संवद्र्धन गरिनुपर्ने मन्तव्य व्यक्त गर्नुभएको छ ।
नेपाल भ्रमणमा आउने भारतीय अधिकारीले द्वादश ज्योतिर्लिङ्गको शिर पशुपतिनाथ मन्दिरमा आई पूजा र दर्शन गर्न रुचि राख्छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणको अवसर पारेर कात्तिक १८ गते मन्दिरमा सवा लाख दीप प्रज्वलन सहित विशेष पञ्चामृत पूजा गर्नुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउन १९ गते विशेष पूजा गर्नुभएको थियो ।
स्थल सेनाध्यक्ष सिंह नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा तीनदिने भ्रमणमा शुक्रबार नेपाल आउनुभएको हो । 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images