‘म वास्तवमै धनी हुँ’ डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने उद्घोष गर्दाताका भनेका थिए । आफ्नो सम्पत्तिबारे एउटा संक्षिप्त विवरण सार्वजनिक गर्दै उनले त्यसबेला आफूसँग ८ दशमलव ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको जनाएका थिए ।
5:58 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
तर, उनको सम्पत्ति विवरण अमेरिकी अखबार ‘फोर्ब्स’ को अनुमानसँग कहिल्यै मेल खाएन, खाँदैन । ‘दि बिजनेस बाइवीकली’ ले भने ट्रम्पको कुल सम्पत्ति ४ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको छ । यद्यपि कसैलाई अझैसम्म उनको अथाह सम्पत्तिबारे जानकारी छैन । तर, उनीसँग रहेको मनग्ये ‘कोल्ड हार्ड क्यास’ ले ट्रम्प निक्कै धनाढ्य रहेको पुष्टि गर्छ । ट्रम्पको खर्चिलो स्वभाव, आलिशान भवनमा बास, विलासी वस्तुहरूको प्रयोगलगायतले उनको सम्पत्ति कति रहेछ भने कुरो जोकोहीले सजिलै अनुमान गर्न सक्छन् ।
फोर्ब्सका अनुसार डोनाल्ड ट्रम्प विश्वका १५६ औं धनाढ्य हुन् । आम्दानीको प्रमुख स्रोत टेलिभिजन र रियलस्टेटबाटै उनको कुल सम्पत्ति ३ दशमलव ७ अर्ब अमेरिकी डलर (रियल टाइम २८ अक्टोबर २०१६) रहेको उसको अनुमान छ । अघिल्लो वर्ष विश्वका सय शक्तिशाली व्यक्तिको सूचीमा उनी ७२ औं र सन् २०१३ मा सय सेलिब्रेटीमा ३० औं स्थानमा थिए ।
स्लोभेनियाबाट बसाइँ सरी अमेरिका आएकी पत्नीले तथ्यगत जानकारी सार्वजनिक गरे पनि ट्रम्पको ‘एन्टी-इमाइग्रेन्ट’ बक्तव्यले उनको राष्ट्रपतीय चुनाव अभियानमा समस्या खडा गरेको थियो । उनको चुनावी अभियानमा यो मात्रै एक्लो विवाद होइन, अन्यमा समेत उनी तानिए, मुछिए । सफाइ पेस गर्दागर्दै उनी हैरान छन् ।
ट्रम्प टावर, पाँचौं एभेन्युमा ६८ तल्लाको गगनचुम्बी भवन, ट्रम्पको प्राइड र आनन्दमध्येको एक हो । त्यहीँबाट उनले रिपब्लिनका लागि उम्मेदवारको घोषणा गरेका थिए । यी अग्ला भवनको माथिल्लो तल्ला ‘पेन्थाउस’, जहाँ विलासी सामानहरूले सजिएको मात्रै छैन, अति मनमोहन दृश्यहरूसमेत हेर्न सकिन्छ, त्यहीँ उनी सुत्छन् । यो भवनको ढोकामा सुन र हीरा जडित छ भने भित्र फोहरा र सिलिङलाई आकर्षक र दुर्लभ पेन्टिङहरूले सजाइएका छन् । यो बनाउनमा झन्डै ३ सय मिलियन अमेरिकी डलरभन्दा बढी खर्चिएको थियो । ‘दि जेन्टलम्यान जर्नल’ का अनुसार यसको एक टुक्रा हिस्सा भने चर्चित फुटबल खेलाडी क्रिस्टिएनो रोनाल्डोले १८ दशमलव ५ मिलियन अमेरिकी डलरमा खरिद गरिसकेका छन् । अफिसियल र रिटेलका लागि बनाएको ट्रम्प टावर–७२५ फिफ्ट एभेन्युमा ट्रम्पको आफ्नो २ लाख ४४ हजार वर्गफिट जमिनमा स्वामित्व रहेको छ । यसको कुल मूल्य ४ सय ७१ मिलियन र नेट भ्यालु ३ सय ७१ मिलियन अमेरिकी डलर छ । यो सन् १९८३ मा खोलिएको हो ।

यसैगरी, ट्रम्पको ‘दि मार ए ल्यागो’ इस्टेट उनको महँगो ‘पाम बीच’ हो । उनले सन् १९८५ मा १० मिलियनमा यो खरिद गरेका थिए । यसमा ५८ वटा जति बेडरुम, ३३ वटा बाथरुम र ३ वटा बम सेल्टरहरू एउटा केसमा सजाएर राखिएका छन् । यसलाई एक विशेष निजी क्लबमा परिवर्तन गर्नुअघि अर्बपति ट्रम्प यहाँ करिब एक दशकसम्म बसेका थिए ।
त्यस्तै, ‘सेभेन स्प्रिङ्ग म्यान्सन’ पनि ट्रम्पको सबैभन्दा महँगो जायजेथामध्ये पर्छ । उनले दुई दशकअघि मात्रै सापेक्षित रूपमा धेरै सस्तोमा खरिद गरेका थिए । अहिले यसको मूल्य धेरै भइसकेको छ । ट्रम्पले ७ दशमलव ५ मिलियन डलरमा न्युयोर्कको बेडफर्डमा खरिद गरेको यो दरबार २ सय १३ एकडमा बनाइएको छ । सुरुमा उनले यसलाई गल्फ कोर्समा विकसित गर्न चाहेका थिए । तर पछि ३९ हजार वर्ग फुट लामो विशाल दरबार आफ्ना परिवारका लागि गर्मीमा बस्ने घरमा परिवर्तन गरे ।
‘ट्रम्प विनेरी’ उनको अर्को चर्चित प्रोपर्टी हो । यो भर्जिनियाको चाललोटसभिल्लेमा छ । यहाँ जमिनको मूल्य मात्र ३ दशमलव ६ मिलियन रहेको छ, जुन उनको कुल सम्पत्तिको २५ प्रतिशत मात्रै हो । ट्रम्पले अर्बौंको सम्पत्ति जोड्छन् तर पछि ती सबैलाई जम्मा गरेर राख्दैनन् । यसो गर्नुको कारण उनी आफ्नो वास्तविक सम्पत्तिलाई विभाजन गरी रियलस्टेट खरिदमा लगाउनु हो ।
एक जना अर्बपतिले कमर्सियल यात्रा गर्नु अनपेक्षित नै हुन सक्छ । ट्रम्प त्यसको अपवाद बन्न चाहेनन् । त्यसैले त उनले आकासलाई हिट्स गर्ने गरी सय मिलियन अमेरिकी डलर खचेर प्राइभेट जेटमा चढ्ने गर्छन् । ती जेटभित्र एउटा लाउन्ज, बेडरुम र बाथरुम हुन्छ । उनी महँगा र बिलासिताका लागि सजाइएका जेटमा मात्रै चढ्दैनन् आफैंले खरिद गरेको एयरक्राफ्टमा पनि यात्रा गर्छन् । उनीसँग ७ मिलियन अमेरिकी डलरको एउटा निजी हेलिकप्टर छ । उनी चढ्ने हेलिकप्टरमा २४ क्यारेटको सुनको जलप हार्डवेयरदेखि सिटबेल्ट र ह्यान्डमा लगाइएको छ । यति मात्रै होइन, उनी रोल्स रकीका फ्यान भएकाले मर्सिडिज–बेन्ज एसएलआर मैकल्यारेनको प्रयोग गर्छन् । निलो डियाब्लो आफ्नो जीवनमै खरिद गर्न भ्याए उनले । ट्रम्पसँग एउटा ‘कस्टम गोल्ड मोटरबाइक’ समेत रहेको र यसमा २४ क्यारेटको सुन जडित छ । ट्रम्पका अन्य प्रोपर्टीहरूमा कुल मूल्य १ सय ९१ मिलियन अमेरिकी डलर पर्ने ‘ट्रम्प पार्क एभेन्यु,’ कुल मूल्य २ दशमलव ३१ अर्ब अमेरिकी डलर रहेको ‘१२९० एभ अफ अमेरिकाज लगायतका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments