­
­

बल्ल मुख्य भूमिका

3:10 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

बल्ल मुख्य भूमिका


वर्षा सिवाकोटीलाई लक्की भन्ने कि अनलक्की ? अनलक्की भनौँ भने भटाभट फिल्म पाइरहेकी छन् तर लक्की भनिहाल्न पनि गाह्रो किनभने सहायक भूमिकामै सीमित छिन् । नाई नभन्नु ल २, पशुपतिप्रसाद र सुब्बा साबमा न उनको भूमिका प्रभावकारी थियो, न आशातीत जस नै पाइन् । नाई नभन्नु ल २ मा अनुभव रेग्मी, प्रियंका कार्की, सुरजसिंह ठकुरीजस्ता कलाकारको छायामा परिन्, पशुप्रतिप्रसादबाट खगेन्द्र लामिछानेको मात्र हाइहाइ भयो ।
सुब्बासाब आए/गएको दर्शकले पत्तै पाएनन । यही लगातारको पीडाबाट पिल्सिएकी वर्षालाई निर्देशक अमरदीप सापकोटाले राहत दिएका छन्, फिल्म कारखानाको मुख्य भूमिकामा पत्याएर । फस्टलुकमा वर्षा र अभिनेता सुशील श्रेष्ठलाई मात्र देखाइएको छ । त्यसैले उनको फुरफुर ह्वात्तै बढ्ने भइहाल्यो । तर, यही फुर्ती रिलिजपछि पनि कायम रहला त ? कारखाना पुस अन्तिम साता रिलिज हुँदै छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images