नेपालले एएफसी सोलिडारिटी कपमा ब्रुनाईलाई ३-० ले हराउँदै समुह बिजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश
5:55 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
२३ कार्तिक – नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। -
पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्यको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो। नेपालका लागि खेलको ७१ औं मिनेटमा भरत खबासले गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै खेलको ८० औं मिनेटमा विमल घर्ती मगरलाई डी एरियामा ब्रुनाइका खेलाडीले लडाएपछि नेपालले पेनाल्टी पायो। पेनाल्टी प्रहारमा विमल घर्ती मगर चुकेनन् र नेपाललाई ३–० को जित दिलाए। यसअघि शनिवार भएको आफ्नो पहिलो खेलमा नेपाल टिमोर लेस्टेसँग गोलरहित बराबरी रोकिएको थियो। नेपाल दुई खेलबाट ४ अंकका साथ विजेता बन्दा दुई खेलमा एकमा जित एकमा हार व्यहोरेको ब्रुनाइ ३ अंक जोड्दै समूह उपविजेतामा चित्त बुझायो। यसअघि पहिलो खेलमा ब्रुनाइले टिमोर लेस्टेलाई ४–० ले पराजित गरेको थियो। -
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments