युवकको जिंदगी नै अभिशाप बनिदियो ।
5:49 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
युवकको जिंदगी नै अभिशाप बनिदियो ।
आजभन्दा २९ महिना पहिले म नेपाल छोडेर युएई आएको पहिलो दिन एक जना झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपल्ट बिदेश आएको म त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ त्यो बिदेशमा आएका नेपालीलाई मात्र थाहा हुन्छ ।
ती मित्रले मलाई सुरुमा सोधे, घर कहाँ हो भनेर । मैले दाङ भनें । अनि उनले फेरि भने, के खान आ’को यस्तो पाजी कम्पनीमा म त नेपाल जान कोसिस गरिरा’को छु ।
उनको त्यो कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने पनि लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति बर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधे । उनले ८ बर्ष भने । त्यसपछि मेरो पारो तात्यो ।
यदि कम्पनी साँच्चिकै नराम्रो भएको भए त्यो आठ/आठ बर्षसम्म के खान बसेको ? के तिम्रो जागिर चन्द्रमामा छ र आठ/आठ बर्ष लाग्ने नेपाल जान ?
नेपालमा साथीहरु भन्थे– बिदेशमा नेपालीलाई डिप्रेसनमा पार्ने, ठग्ने नेपाली नै हुन्छन् भनेर । मलाई उसको कुराले प्रष्ट पारिदियो ।
अनि आजभोलि मेरो फेसबुकको भित्तामा विभिन्न अनलाइन पत्रिकामा छापिएका लेखहरु देख्छु– जुन प्रायः जापान, कोरिया, युरोप र अमेरिकामा बस्ने नेपालीले लेखेका हुन्छन् । त्यसमध्ये केही दिन पहिले सेतोपाटी अनलाइनमा कोरियामा बस्ने एक नेपालीले यौटा लेख लेखेका थिए, कोरियामा जान चाहने नेपालीका लागि भनेर । उनको त्यो लेखमा कोरियामा धेरै दुःख हुने र कोरिया आउनभन्दा नेपालमै बसेर देश बिकासमा लाग्न अनुरोध गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments