सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश, किरण बने हिरो
4:20 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश, किरण बने हिरो
लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल पहिलो पटक एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो।यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो। खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लाओसले टिकाइराख्न सकेन। खेलको ४७ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलियो। खेलको १०४ औं मिनेटमा हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गरेपछि नेपालले २–१ गोल अग्रता लिएको थियो। तर खेलको ११७ औं मिनेटमा लाओसका लागि चामपान्थोङले गोल दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
नेपालले अब उपाधिका लागि मकाउ र ब्रुनाईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments