आगलागीमा परी तीन घर नष्ट
12:24 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
५ कात्तिक – बारा जिल्ला पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल नष्ट भएको सशस्त्र प्रहरी बल बोर्डर आटुट पोष्टका प्रहरी निरीक्षक रामजन श्रेष्ठले जानकारी दिए ।
गणेश साहको गोठमा पशुलाई लामखुट्टेबाट बचाउन बालेको आगो सल्केर गोठमा आगलागी भएको र सो आगो फैलिएर छिमेकी भगेन साह, सुरेन्द्र साहको घरमा समेत आगलागी भएको थियो ।आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनताको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments