आज मिती २०७३ साल कात्तिक २९ गते सोमबारः- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल -
7:08 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
श्रीसूर्य दक्षिणायन शरद ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल कार्तिक २९ गते सोमवार नेपाल सम्बत ११३७ कछलाथ्व, सन् २०१६ नोभेम्बर १४ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती ७ वजेर ५५ मिनेटसम्म, भरुणी नक्षत्र साँझ ५ वजेर ३५ मिनेटसम्म, वरियनयोग राती १ वजेर ५७ मिनेटसम्म, भद्राकरण विहान ९ वजेर ६ मिनेटसम्म, आनन्दादियोग चर, सूर्य तुला राशीमा,चन्द्रमा राती ११ वजेर ९ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा । -
मेषः– समयमा परिवर्तन आउनेछ । काममा देखिएका समस्या समाधान हुनेछन् । कार्य क्षमताको वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।
वृषः– प्रतिकुल वातावरण बन्नेछ । काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अविश्वास र खर्चको मात्र बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला ।
मिथुनः– समयमा काम गर्नु होला । आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । आफन्तजनबाट सहयोग मिल्ने छ । मांगलिक काम हुनेछन् ।
कर्कटः– उत्तम फलदायी काम हुनेछन् । रोकिएका काम सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।
सिंहः– समयमा अझै सुधार आउने देखिन्न । काम गरेर सन्तुष्टि मिल्ने छैन । आफ्ना काममा भन्दा अरुका काममा नै बढि समय खर्च हुनेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन ।
कन्याः– राम्रा काममा अवरोध आउनेछ । अनावस्यक काम बन्नेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना पनि क्षिण भएर जानेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला नत्र पछि पश्चाप हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन्छ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । स्त्रीबाट लाभ हुने छ ।
वृश्चिकः– सवैलाई विश्वास लिन सकिने छैन । विरोधी बढ्नेछन् । काम गर्दा विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ ।
धनुः– यात्रामा कष्ट हुनेछ । मन हतारिनेछ । आर्थिक करोवार र वोलिलाई धान्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा उतार चढाव आई रहनेछ । तपाईको कमजोरीको फाइदा अरुले उठाउने छन् ।
मकरः– पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । काम गरेर जश कम मिल्ने छ । आर्थिक कारोवार गर्दा सजग रहनु होला । अरुको भर विश्वासमा काम नगर्नु होला ।
कुम्भः– सामान्यतया आजको दिन अनुकुल देखिन्छ । समयमा गरेका कामबाट लाभ हुनेछ । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्ने छ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिने छन् ।
मिनः– समय सुधारोन्मुख छ, लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा विचार पु¥याउनु होला नत्र धन डुब्न सक्छ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments