बिप्लव माओबादीले २८ गते नेपाल बन्द गर्ने
7:54 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
रुपन्देही २७ कार्तिक- नेकपा माओबादी नेत्र बिक्रम चन्द बिप्लव कार्तिक २८ गते आइतबार एक दिन भोली नेपाल बन्द गर्ने भएको छ । -
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द बिरजंगले बन्द गरिने जनाए । उनले जनताका माग संबोधनगर्न ४ महिना सरकारलाइ समय दिएको भएपनि नभएपछि बन्द गर्नुपरेको बताए । कालोबजारी गर्नेलाई जनकारवाहीको माग गर्दै नेपाल बन्दको आब्हान गरेको बिप्लब नेतृत्वको नेकपा माओबादिले आज साझ बुटवलमा निकालेको राके जुलुसमा प्रहरीले दमन गरेको छ । बुटवलका तीन छुट्टाछुट्टै स्थानबाट निकालिएकोज्ञ रांके जुलुसमा प्रहरीले दमन गर्दै जुलुसमा सहभागि पार्टिका ५ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिएको छ ।
बुटवलको राजमार्ग चौराहा, तिनाउ पुल र पाल्पा बस पार्क स्थित पार्टि कार्यालयबाट एकैसाथ रांके जुलुस निकाल्दै गर्दा प्रहरीले उनिहरुलाई तितरबितर पार्दै गिरफ्तार गरेको हो ।
पार्टि कार्यालय अगाडिबाट ४ जना र राजमार्ग चौराहाबाट १ जनालाई कार्यकर्तालाई नियन्त्रणमा लिएको पार्टिले जनाएको छ । प्रहरीले एम बि साही, धन बहादुर बिक, आकाश बनिया र बाशु रिजाललाई पक्राउ गरेको हो ।
अर्का एक जनाको नाम खुलेको छैन ।
अर्का एक जनाको नाम खुलेको छैन ।
दैनिक उपभोग्य बस्तुको मुल्य ५० प्रतिसत घटाउनुपर्ने माग राख्दै बिभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments