­
­

मेलम्चीमा दुर्लभ कालो धान उत्पादन

7:44 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
मेलम्चीमा दुर्लभ कालो धान उत्पादन
 कार्तिक २८, २०७३- नेपालमा दुर्लभ मानिएको कालो धान जिल्लामा पहिलो पटक मेलम्ची नगरपालिकामा उत्पादन भएको छ । विभिन्न खाले परिकार बनाएर खाएमा रोगसँग लड्न सक्ने क्षमता भएको ‘जि–६०’ नामक कालो धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो । 
मेलम्चीका युवा कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर झण्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामल कालो र अन्य धानको तुलनामा केही फिक्का हुन्छ । पराल पनि दुई फिटको हुन्छ ।
जिल्लामै पहिलोपटक यो जातको धान भित्राउने किसान सिग्देलका अनुसार नियमित खाए यो धानको चामलबाट बनेको परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमता समेत बढाउँछ । सामान्यको तुलनामा यसको चामल अन्यभन्दा २० देखि ५० प्रतिशतले बढी पौष्टिक एव लाभदायिक हुन्छ । आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिले मात्र नेपाल भित्रिएको हो । नेपालमा दक्षिण कोरियाबाट भित्रिएको इतिहास भेटिएको किसान कुमारले बताए । खेती भने दाङबाट सुरु भएको मानिन्छ ।
 
यो धान हजारौं वर्ष पहिले सर्वसाधरणलाई निषेधित थियो ।  पहिलेपहिले  चीन लगायतका अन्य देशमा यो जातको चामल  राजाले मात्रै सेवन गर्दथ्ये । संसारकै महंगो धान र चामलमध्ये यो पनि एक मानिन्छ । ‘हामीले अघिल्लो वर्ष यसको बिउलाई प्रतिकेजी एक हजार रुपैयाँमा खरिद गरेर ल्याएका हौं,’ सिग्देलले भने, ‘हामीले पहिलो वर्ष परिक्षणको लागि ४० किलो ल्याएर खेती गरेर उत्पादन गर्‍यौं ।’ उनले यो धानबाट निस्केको चामल यति नै मूल्य पर्छ  भनेर तय भई नसकेको बताए । ‘अन्य चामलको तुलनामा धेरै मंहगो पर्न जान्छ,’ उनले भने ।
यो जातको चामलबाट बनेको खाना सामान्य मान्छेले पचाउन सक्दैनन् । गाउँमा फल्ने गरेको चामलमा प्रति १५ ग्राम कालो चामल राख्नुपर्ने सिग्देलले अनुभव सुनाए । ‘आहिले हामीले खाइरहेको चामल कम्तिमा १२ घण्टा भिजाएर राखेपछि मात्रै पकाउने बेलामा कालो चामल मिसाइनुपर्ने रहेछ,’ उनले भने ‘‘जि –६०’ चामलको खाना खाएपछि आडिलो हुने र धेरै समयसम्म भोक नलाग्ने हुन्छ ।’ 
समुन्द्री सतहदेखि १ हजार पाचसय देखि १ हजार ८ सयको उचाइमा रहेको यसको उत्पादन असल मानिन्छ । जिल्ला कृषि कार्यालयकाअनुसार यस्तो कालो धानको मुल्य धैरै पर्ने हुन्छ । ‘कालो धानको जात फरक फरक हुन्छ,’ कृषि विभागका बाली विकास अधिकृत हेमशर्मा तिवारीले भने, ‘स्थानीय र विदेशी हुन्छ । त्यसको गुणस्तरमा धेरै फरक हुन्छ ।’ 
उनले जिल्लामा कसैले यसअघि कालो धान खेती गरेको आफूलाई जानकारी नभएको बताए । यसको नियमित सेवनले एन्थ्रोसाइन पिगमेन्ट अर्थात एन्टी अक्सिडेन्ट बुढ्यौली जस्ता धेरै जटिल समस्या विरुद्ध लड्ने शक्ति प्रदान गर्छ । साथै उच्च रक्तचाप, रकतअल्पता, मधुमेह, हृदयघात, मुटु रोग, अल्जाइमर्स, किड्नी, पेट तथा कलेजोको रोगबाट बचाउने , कोलोस्ट्रोन बढ्न नदिने, घाउ सुन्निन नदिने लगायतका कार्यमा पनि मद्दत गर्दछ । 



 


भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images