लाेकमानलाई सात दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश

2:37 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
लाेकमानलाई सात दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश 


सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । लोकमानविरुद्ध दायर पुनरावलोकन मुद्धामा सर्वोच्चको आदेश बमोजिम म्याद तामेल गर्न डर, धाक, धम्की दिएर इन्कार गरेको भन्दै दायर अर्को पुरक मुद्धाको फैसला गर्दै सार्वेच्चले मंगलबार अख्तियार दुरुपयोग आयेगलाई कार्कीलाई सात दिनभित्र आफैँ उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सर्वोचमा भएको सुनुवाईपछि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले कार्कीका नाममा उक्त आदेश जारी गरेको हो । अदालतमा उपस्थित हुन नसक्नुको कारणसहित सात दिनभित्र उपस्थित हुन आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशमा भिनिएको छ, ‘निवेदकले निवेदनमा उठाएको विषयमा के कसो भएको हो ? निवेदनमा उल्लेख भए बमोजिम अदालती बन्दोबस्तको १११ बमोजिम किन सजाय गर्नु नपर्ने हो ? सजाय नगर्नुपर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् (आफै) उपस्थित भइ लिखित जवाफ पेश गर्नु भनी निवेदनमा विपक्षी बनाएका व्यक्तिलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नु ।’ सर्वोच्चले अदालतको कार्यमा सहयोग गर्नु सबै नागरिकको कर्तव्य हुनेतर्फ सजग पनि गराएको छ । सर्वोच्चले कानुनी कर्तव्यको पालना नभएमा न्यायपालिकाले स्वतन्त्र र निर्भिकतापूर्वक कार्य गर्न नसक्ने कुरा आदेशमा उल्लेख गरेको छ । ‘असहयोगको स्थिति छ भन्नेसम्म कुरालाई पनि गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ किनभने यस्तो कार्यले प्रकारान्तरले विधिको शासन उपर नै प्रहार गर्दछ,’ आदेशमा उल्लेख छ । 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images