­
­

नेमारको जेटमा मेसी ब्राजिल पुगेपछि...

12:46 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

नेमारको जेटमा मेसी ब्राजिल पुगेपछि...


नेमार र लियोनल मेसी क्लब फुटबलका सहयात्री हुन् । यी दुवै खेलाडी क्लब फुटबलमा बार्सिलोनाको जर्सी लगाएर मैदानमा ओर्लन्छन्। तर, अर्जेन्टिनाका महान् खेलाडी मेसी र ब्राजिलका उदीयमान खेलाडी नेमार बिहीबार हुने विश्वकप छनोट फुटबलमा आआफ्नो राष्ट्रको जर्सी लगाएर एकअर्काविरुद्घ मैदानमा देखा पर्नेछन्।
विश्वकप २०१८ का लागि ब्राजिलमा खेलिने छनोट खेलमा सहभागिता जनाउन नेमार बुधबार बार्सिलोनाबाट निजी जेटमा ब्राजिल गए । तर, उनले अर्जेन्टिनाका आफ्ना साथी मेसीलाई भने छाड्न सकेनन् । बिहीबार अर्जेन्टिना र ब्राजिलबीच हुने छनोट खेलका लागि नेमार र मेसी आमनेसामने भए पनि उनीहरूको मित्रता आफैंमा गजबको छ ।
त्यसैले त नेमारले मेसीलाई आफ्नै जेटमा सँगै ब्राज्लि लिएर गए । मेसीको साथमा उनले अर्जेन्टिनाका अर्का खेलाडी जेभियर मास्केरानोलाई पनि सँगै लिएर गए । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र ब्राजिलबीचको उक्त छनोट खेललाई लिएर विश्वभरका फुटबल समर्थकले सामाजिक सञ्जालमा चर्चा चलाएका छन् ।
अर्जेन्टिनाको बाँकी टोली यसअघि नै ट्रेनमार्फत ब्राजिल पुगिसकेको छ । दक्षिण अमेरिकी राष्ट्रको उक्त छनोट खेलमा १० राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको छ । हालसम्म खेलिएको १० खेलबाट शीर्ष स्थानमा रहेको ब्राजिलले २१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको उरुग्वेको २० अंक छ ।
तेस्रो र चौथो स्थानमा रहेका इक्वेडर र कोलम्बियाको समान १७ अंक छ । चिली र अर्जेन्टिना समान १६ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् । १५ अंक बनाएको पाराग्वे सातौं, ११ अंक बनाएको पेरु आठौं, चार अंक बनाएको बोलिभिया नवौं र दुई अंक बनाएको भेनेजुएला १० औं स्थानमा छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images