­
­

भारु सटहीको माग गर्दै राष्ट्र बैंकको कार्यालयमा धर्ना

12:08 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

भारु सटहीको माग गर्दै राष्ट्र बैंकको कार्यालयमा धर्ना



 २६ कार्तिक। भारतीय रुपैंया सटहीको माग गर्दै राष्ट्र बैंकको कार्यालय थापाथलीमा सर्वसाधारण धर्नामा बसेका छन्। नेपाली व्यावसायी र सर्वसाधारणले भारु साट्‍न पाउनु पर्ने भन्दै शुक्रबार धर्नामा बसेका हुन्।
भारतले मंगलबार रातिदेखि भारतीय रुपैयाँ (भारु) ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा परेको छ।
भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो।
new_rupees
भारतसँग एक हजार ८ सय किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु चल्न बन्द भएका छन्। भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौँ नेपाली नागरिकसँग अर्बौ रकम भएको अनुमान छ।
नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको थियो। किनकी भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images