­
­

अमेरिकाबासी गैरकानुनी ५० हजार नेपालीको भविष्य के हाेला? त्यही रहेका नेपाली वकिलहरु यसो भन्छन

1:42 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
अमेरिकाबासी गैरकानुनी ५० हजार नेपालीको भविष्य के हाेला? त्यही रहेका नेपाली वकिलहरु यसो भन्छन 

न्युयोर्क- आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए। जसमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीलाई सम्बन्धित देश फिर्ता पठाउने पनि प्राथमिकतामा थियो। यसो भएमा अनुमानित ५० हजारभन्दा बढी नेपाली मर्कामा पर्ने अमेरिकामा कार्यरत संघ–संस्था र विज्ञले बताएका छन्। आप्रवासी कानुनका ज्ञाता अधिवक्ता डिल्लीराज भट्टका अनुसार ट्रम्पको चुनावी एजेन्डा कार्यान्वयन भएमा बोर्डर क्रस गरेर अमेरिका छिर्ने र गैरकानुनी रूपमा बसोबास गर्नेहरु बढी नै असुक्षित हुने देखिन्छ। उनी भन्छन्, ‘नवनिर्वाचित राष्ट्रपतिले चुनाव जित्ने आधार नै त्यही थियो। उनले आप्रवासनसम्बन्धी कानुनलाई निकै कडा बनाउने सम्भावना छ।’
एकातिर रिपब्लिकन पार्टी आप्रवासनका लागि डेमोक्र्याटको तुलनामा निकै अनुदार मानिन्छ भने अर्कोतिर आफ्ना चुनावी एजेन्डा कार्यान्वयन गराउन राष्ट्रपतिलाई आवश्यक पर्ने तल्लो सदन, माथिल्लो सदन र सिनेट सबैतिर आवश्यक बहुमत छ। यसैले पनि आगामी दिन अमेरिकामा रहेका आप्रवासीका निम्ति कठिन बन्ने निश्चित छ।
राष्ट्रपति ट्रम्पले आफ्ना मतदातासमक्ष गरेको घोषणा कार्यान्वयन गर्न चाहे भने सुरुको सय दिनमै अमेरिकामा ठूलो उथलपुथल हुनेछ। त्यसो त अमेरिकामा बसिरहेका लाखौं आप्रवासीप्रति ट्रम्पले दिएको विवादास्पद अभिव्यक्तिबाट उनको पार्टी रिपब्लकनकै नेता पनि पूर्ण सहमत छैनन्।
अधिवक्ता भट्टका अनुसार विश्वका विभिन्न मुलुकबाट आइरहेका आप्रवासीलाई कम गर्ने र यसअघिझैं सजिलै बस्न नमिल्ने जस्ता विविध कुरा समावेश गरेर रिपब्लिकनका तर्फबाट यसअघि नै अमेरिकी संसद्मा विधेयक दर्ता भएको थियो। तर डमोक्र्याटकै कारण पास हुन सकेको थिएन।
यसपालि रिपब्लिकन पार्टी शक्तिमा रहेकाले चुनावी एजेन्डाअनुसार काम भए अ
 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images