­
­

भारतीय अर्थ मन्त्रालय पुग्यो भारुसम्बन्धी राष्ट्र बैंकले पठाएको पत्र

11:45 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

भारतीय अर्थ मन्त्रालय पुग्यो भारुसम्बन्धी राष्ट्र बैंकले पठाएको पत्र


२८ कात्तिक, काठमाडौं । नेपालमा रहेका ५०० र १००० दरका भारतीय रुपैयाँ (भारु) को सटही गरिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकले भारतको केन्दि्रय बैंक रिजर्भ बैंक अफ इण्डियालाई पठाएको पत्र भारतको अर्थ (वित्त) मन्त्रालयमा पुगेको छ ।
राष्ट्र बैंकको पत्रलाई रिजर्भ बैंकले त्यहाँको अर्थ मन्त्रालयमा फरवार्ड गरेको हो । ‘हामीले रिजर्भ बैंकलाई पठाएको पत्र उसले त्यहाँको अर्थ मन्त्रालयमा पठाइसकको जानकारी दिएको छ,’ राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरसँग भने, ‘तर, कस्तो निर्णय हुन्छ भन्नेबारे भारतीय पक्षबाट अहिलेसम्म कुनैपनि संकेत आएको छैन ।’राष्ट्र बैंकले नेपालको अर्थ मन्त्रालयमार्फत र सीधै रिजर्भ बैंक अफ इन्डियालाई गरी उस्तै व्यहोराका दुई वटा पत्र पठाएको थियो । अर्थ मन्त्रालय हुँदै परराष्ट्र, परराष्ट्रले भारतीय राजदूताबास र दूताबासले भारतको परराष्ट्र मन्त्रालय हुँदै अहिले सो पत्र पनि त्यहाँको अर्थ मन्त्रालय पुगिसकेको पण्डितले जानकारी दिए ।
‘हामीले पठाएका दुबै पत्रहरु भारतको अर्थ मन्त्रालय पुगिसकेका छन्, हामी भारतीय पक्षको निर्णय कुरेर बसिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म उताबाट कुनै संकेत आएको छैन ।’
गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारतीय नोट नचल्ने घोषणा गरेका थिए । मोदीको यो घोषणासँगै भारु नोट चलाउने अन्य देशहरुमा समेत ठूलो हलचल मच्चिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार बिहान व्यवस्थापन समितिको बैठक बसेर बैंक तथा वित्तीय संस्थाहरुलाई भारतले प्रतिवन्ध लगाएका नोट नसाट्न परिपत्र जारी गरी नेपालको वित्तीय प्रणालीमा भएका सो दरका भारु नोटको विवरण संकलन थालेको थियो । बुधबार नै राष्ट्र बैंकले भारतीय पक्षलाई पत्राचार गरेको थियो ।
नेपालको वित्तीय क्षेत्रमा साढे ३ करोड रुपैयाँ बराबरका ५०० र १००० दरका भारतीय नोट रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणसँग ठूलो परिणाममा सो दरका भारु नोट रहेको अनुमान गरिएको छ ।
‘हामीले गर्नसक्ने भनेको कुटनीति पहल मात्रै हो, हामीले पठाएको पत्रमा उनीहरुले जस्तो जवाफ दिन्छन् हामी त्यही अनुसार अघि बढ्छौं,’ सहप्रवक्ता पण्डितले भने, ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images