डेढ लाख व्यक्तिको एटिएम यति सजिलै ह्याक गरिदिए यि व्यक्तिले

10:52 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

डेढ लाख व्यक्तिको एटिएम यति सजिलै ह्याक गरिदिए यि व्यक्तिले


गत साता पक्राउ परेका एक बुल्गेरियन नागरिकले डेढ लाख व्यक्तिको एटिएम ह्याक गरेको खुलेको छ । ठमेलबाट पक्राउ गरेका डिमो अटानासोभ स्टेफानोभले विभिन्न देशका नागरिकको डेढ लाख एटिएम ह्याक गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकको एटिएम ह्याक गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनी अन्तर्राष्ट्रिय एटिएम ह्याकर भएको खुलेको छ ।

 


 
   

 

सिआइबीका अधिकारीका अनुसार उनको ल्यापटपमा डेढ लाख व्यक्तिको एटिएम कार्डको डाटा तथा पासवर्ड भेटिएको छ । गोप्य क्यामेरा एटिएम बुथमा जडान गरी उनले पासवर्ड चोरी नक्कली एटिएम बनाएर ठगी गर्दै आएका थिए । ११ कात्तिक बेलुका ठमेलको होटेल जगतबाट निस्किँदै गर्दा उनी पक्राउ परेका  हुन् । एटिएम ह्याकका घटना नेपालमा लामो समयदेखि हुँदै आएको थियो । तर, यस्तो प्रविधिको ठगी पहिलोपटक पत्ता लागेको सिआईबीका डिआइजी नवराज सिलवाल बताउँछन् । यसबाट जोसुकै व्यक्तिको एटिएमसमेत ह्याक हुन सक्ने खतरा देखाएको छ । प्रहरीका अनुसार बुल्गेरियन नागरिक डिमोले  एटिएम बुथभित्र सानो आकारको गोप्य क्यामेरा  जडान गर्थे । सोही क्यामेराबाट ग्राहकले पैसा निकाल्न डायल गर्ने पिन नम्बर पत्ता लगाउँथे । एटिएम कार्डको डाटा चोर्न उनले एटिएम कार्ड राख्ने स्किमरमा अर्काे एउटा डिभाइस राखेका थिए ।
कार्डको डाटा र पिन नम्बर पत्ता लगाएपछि उनले ल्यापटपबाट खाली कार्डमा डाटा राख्थे र पिन नम्बर प्रयोग गरी पैसा निकाल्थे । नक्कली एटिएम कार्ड बनाउने म्याग्नेटिभ स्ट्राइभ रिडर तथा राइटर उनीसँग थियो । त्यसकारण सजिलै उनले नेपालको एटिएम बुथ प्रयोग गरी नक्कली एटिएमबाट पैसा चोर्दै आएका थिए । प्रहरीले उनको साथबाट १७ हजार दुई सय ५० अमेरिकन डलर, ६ सय युरो, हिडेन क्यामेरा, स्किमर, ल्यापटपलगायत सामान बरामद गरेको छ । १७ हजार डलर बरामद भएकाले उनले एक दर्जनभन्दा धेरै व्यक्तिको नक्कली एटिएम कार्ड बनाएर पैसा निकालेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले उनको साथबाट २५ वटा नक्कली एटिएम कार्ड बरामद गरेको छ । एक प्रहरी निरीक्षककै खाताबाट समेत उनले पैसा चोरी गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले जनाएका छन् । उनले पैसा निकालेर डलर साटिसकेका थिए । नेपालबाट भाग्न लाग्दा उनी पक्राउ परेका थिए ।
एटिएमबाट पैसा चोरीकै लागि उनी बुल्गेरियाबाट नेपाल आएका थिए । नेपालको एटिएमको सिस्टम कमजोर हुने आँकलनका साथ नेपाललाई टार्गेट बनाएको हुन सक्ने प्रहरी आँकलन छ । यसअघि पनि नेपालमा एटिएम ह्याकिङमा पटक–पटक विदेशीहरू पक्राउ पर्दै आएका  छन् ।  तर, उनीहरूले विदेशीको पैसा चोरेका थिए, यसपटक पक्राउ परेका व्यक्तिले नेपाली बैंकका ग्राहककै पैसा चोरेकाले एटिएमको सुरक्षामा प्रश्न उठेको छ । बैंकहरूले चिप प्रविधिको एटिएम कार्ड नबनाउँदा यस्तो चोरी भएको हो । एटिएम चलाउनेहरूलाई अनिवार्य रूपमा एसएमएस अलर्ट सेवा लिन बैंक र प्रहरीले आग्रह गरेका छन् । जसबाट आफ्नो खातामा पैसा थपघट हुनेबित्तिकै मोबाइलमा एसएमएस आउँछ । साथै, पैसा निकाल्ने क्रममा एटिएम बुथमा अतिरिक्त उपकरण जडान भए–नभएको हेर्नसमेत आग्रह गरिएको छ । नयाँ पत्रिकाबाट ।
 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images