कश्मिर भिडन्तमा मारिए भारतीय फौजमा कार्यरत नेपालका २० वर्षीय बिमल तामाङ....

9:39 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

कश्मिर भिडन्तमा मारिए भारतीय फौजमा कार्यरत नेपालका २० वर्षीय बिमल तामाङ....





। दुई महिनायता पाकिस्तानसँग भारतको तनाव बढिरहेका बेला सोमवार भएको भिडन्तमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन्। पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा सोमवार दिनभरजसो गोली हानाहान भएको हो। राजोरीको तारकुण्डी, मन्जाकोट र गम्भीर क्षेत्रमा पाकिस्तानी रेन्जरसँग भएको भिडन्तका क्रममा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत नेपालको धरान निवासी २० वर्षीय बहादुर राइफलम्यान बिमल तामाङको ज्यान गएको हो।

बिमलले ज्यान गुमाएको मेन्ढर बालाकोटमा गोलाबारीका क्रममा भारतीय सेनाका थप चार जवान घाइते भएका छन्। दुबै घाइते जवानहरुलाई उधमपुरको कमाण्ड अस्पतालमा भर्ती गरिएको छ। यो घटनामा एकजना महिला पनि मारिएकी छन्। यसका अलावा मेन्ढरको बालाकोट गाउँस्थित एलओसीससँगै जोडिएको इलाकामा पाकिस्तान र भारतको तर्फबाट ठू‍लोमात्रामा गोलाबारी भएके थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images