विमलले २४ घण्टा अगाडि भनेका थिए– ‘हामी जमिनमा बस्छौँ, आमा चिन्ता नलिनु होला’

3:12 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

विमलले २४ घण्टा अगाडि भनेका थिए– ‘हामी जमिनमा बस्छौँ, आमा चिन्ता नलिनु होला’


फोनमा सन्देश थियो, ‘विहान पोष्टमा फायरिङ चलेको थियो, विमल शहीद भयो ।’ घटना विहान भएको थियो । फोन साँझ आएको थियो । ढिला गरी आएको यो खवर वलबहादुरका लागि कल्पना बाहिरको थियो । तर, सत्य नै थियो ।विमलको उमेर मात्र २० बर्षको थियो ।  यो खबरले एकैछिन अघिसम्मको तिहारको रमझम र खुशी एकाएक विलायो । घरमा सन्नटा छायो । रोइकराई शुरु भयो । परिवार, आफन्तजन र छरछिमेकमा सव उदास भए ।

विमलले लक्ष्मी पूजाको दिन मोवाइलमा बुबा र आमासँग कुरा गरेका थिए । आफ्नो सुरक्षा पोष्ट९पहाडी क्षेत्र०भन्दा तल उनी सामान लिन आएका थिए । समाचारले भने अनुसार त्यस्तो गोली हानाहान नभएको विमलले आमासँग बताएका थिए । ‘हामी जमिनमा बस्छौँ, खासै खतरा हँदैन, हजुरले चिन्ता नलिनु होला ।’ विमलले आमासँग फोनमा भनेका थिए, ‘तिहार राम्रो मनाउनु होला अर्को पटकसँगै मनाउने गरी आउछु ।’ यही नै विमलको घरपरिवारसँगको अन्तिम संवाद भयो ।

जुनदिनकोे साँझ बिमलको मृत्युको खवर आएको थियो । त्यही मध्यरातमा भारतीय सेनामा कार्यरत वलबहादुरका माइला छोरा किशोर घर आइपुगेका थिए । भाईको मृत्युको खवर दाजुका लागि यतिधेरै पीडादायी भयो कि, उनी निकै तनावमा थिए । किशोरले पेट्रोलिङ गएर फर्कर्दै गर्दा पाकिस्तानतर्फबाट एक्कासी फायरिङ हुदा विमललाई गोली लागेको सुनाएका थिए ।

भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका विमलको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको थियो । भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको जानकारी दिएका थिए ।

सुनसरी धरान १८ स्थित ज्ञानोदय उच्चमाविमा कक्षा ११ पढ्दापढ्दै अढाई बर्षअघि विमल तामाङ भारतिय सेनामा भर्ती (लाहुरे) भएका थिए । विमल सानैदेखि साहसिलो स्वाभावका थिए ।

कम बोल्ने, तर ठिक कुरा मात्र बोल्ने विमलका वानी थियो । धेरै हिडडुल नगर्ने, झै झगडादेखि टाढै रहने उनको स्वभाव थियो । त्यहीँ भएर पनि बुबा–आमालाई कान्छा छोराप्रति विश्वास, भरोसा र आशा थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images