प्रचण्ड–बाबुरामलाई विप्लवले ‘गद्धार र चोर’को उपमा दिदै भने –बाबु चोर हुँदा हामी ‘चोरका छोरा’ भयौँ

12:06 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

प्रचण्ड–बाबुरामलाई विप्लवले ‘गद्धार र चोर’को उपमा दिदै भने –बाबु चोर हुँदा हामी ‘चोरका छोरा’ भयौँ


,२० कात्तिक । नेकपा माओवादीका महा–सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचण्ड–बावुरामको कडा आलोचना गरेका छन् । वैद्य समुहबाट अलग भएसँगै ‘कसैको आलोचना नगर्ने बरु काम गरे देखाइदिने’ नीति लिएका चन्दले लामो समयपछि जनयुद्दका मुख्य नेताहरुलाई ‘गद्धार तथा चोर’ जस्ता शब्द प्रयोग गरेर आलोचना गरेका हुन् ।

शनिबार काठमाडौंको कालिमाटीमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल संवतको सन्दर्भमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै विप्लवले भने, ‘जतिवेलासम्म जनवादी सत्ता चलेको थियो त्यतिवेलासम्म प्रचण्ड बाबुराम ठीक थिए, शान्ति संझौता गरेपछि गद्धारी गरे ।’

‘बाबु चोर हुँदा दुनियाँले उसको छोरालाई ‘चोरको छोरा’ भन्छन्, हामीलाई अहिले त्यस्तै भएको छ’ उनले भने, ‘मान्छेहरु हामीलाई बिग्रेका माओवादीहरुले के गर्न सक्छन् र ? भनेजस्तो गर्छन्, प्रचण्ड बाबुरामको गल्तीले हामीले दुख पाईरहेका छौं ।’

अधिकांश समय प्रचण्ड–बावुरामको बिरोध गरेका चन्दले उनीहरुले आत्मसमर्पण गरेको तथा संसदबादीको चंगुलमा फसेर ‘जनयद्धको रक्तरञ्जित झण्डा’ लाई कांग्रेस–एमालेको हातमा बुझाएको आरोप लगाए । ‘अब हामी बलिदान गरेर जनयुद्धका मुल्य मान्यतालाई बचाउँछौं, स्थापित गरेरै छाड्छौं’ उनले प्रश्न गरे, ‘अहिले हतियारको प्रश्न हैन, मुक्ति र अधिकारको कुरा प्रमुख हो, तर हामीलाई बारम्बार किन सोधिन्छ, हतियार कहिले उठाउँछौ भनेर ?’

संविधान संशोधन गरेर समस्या समाधान नहुने तर्क गर्दै नेता विप्लवले भारतले कहिल्यै नेपालको स्वतन्त्रता नचाहेको बताए । उनले भने, ‘उसले (भारतले) नेपाललाई आफु वरीपरि घुमिरहने उपग्रह बनाउन चाहेको छ, नेपालको संविधानले दिएजति अधिकार भारतको संधिानले दिएको छैन, तर भारतीय नेताहरु पटक–पटक अर्ति दिन नेपाल आइरहन्छन् ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images