आज मिती २०७३ साल कात्तिक २० गते शनिवारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
5:44 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आज मिती २०७३ साल कात्तिक २० गते शनिवारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
मेषः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनावमा कमि आउनेछ । कीर्ति क्षय हुनसक्छ सजग रहनु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । घरका समस्या कम भएर जानेछन् ।
वृषः– दिन त्यति अनुकुल देखिदैन । काममा विभिन्न समस्या आउने देखिन्छ । विशेष गरेर स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा खासै सुधार आउने देखिन्न । इच्छाशक्ति बढेर आउने छ ।
मिथुनः– आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । नोकरीमा राम्रै देखिन्छ । मान सम्मान मिल्नेछ ।
कर्कटः– आफन्तले धोका दिन सक्छन् सजग रहनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पार्टनरमा विवाद पर्न सक्छ ।
सिंहः– मानसिक तनाव बढ्ने छ । प्रतिकुुल बातावरणमा काम गर्नु पर्ला । व्यापारमा मन्दि आउनेछ । आफन्तको सहयोग लिएर काम गर्नु भएमा सजिलो हुनेछ ।
कन्याः– परिवारिक समस्या बढ्ने छन् । सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । काममा विभिन्न समस्या आउने छन् । व्यापारमा गिरावट आउने छ । खर्च बढ्नेछ ।
तुलाः– आयका दृष्टिले दिन अनुकुल छ । व्यापार व्यवासयमा उन्नति हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ ।
वृश्चिकः– कामले गति लिने छैन । राज्यसँग सम्बन्धित काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । अरुको भर विश्वासमा परेर काम नगर्नु होला ।
धनुः– भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला । कामको विश्वासिलो बातावरण अझै बन्ने देखिन्न । अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन ।
मकरः– साहास,धैर्यता र पराक्रम बढ्नेछ ।आफ्नो काम गर्न आफै सक्षम हुनु हुनेछ । काम गरेर दाम कमाउन सकिनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।
कुम्भः– जीवनसाथिका साथै उनका आफन्तबाट सहयोग पाईनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापारबाट आय आर्जन बढ्नेछ ।
मिनः– कार्य योजना अगाडि बढाउदा गोपनियता अप्नाउनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । उच्चमनोबलका साथ काम गर्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments