अमेरिकाबाट आयो नेपालीका लागि निकै दुखद खबर : १८ पाङग्रे ट्रकसँग कार ठोक्किँदा अमेरिकामा चार नेपालीको मृत्यु, दुई घाइते
7:29 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
अमेरिकाबाट आयो नेपालीका लागि निकै दुखद खबर : १८ पाङग्रे ट्रकसँग कार ठोक्किँदा अमेरिकामा चार नेपालीको मृत्यु, दुई घाइते
२२ कात्तिक– अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थलमै चार नेपालीको दुखद निधन भएको छ ।
उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् ।
पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमाडौं अनामनगर बस्ने चिरन्जिवी खनाल, उनकी पत्नी तथा दुई बुहारीको घटनास्थलमै मृत्यु भएको हो ।
पछाडी बस्ने चार जना सबैको मृत्यु भएको बुझिएको छ । गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुवास खनाल भने घाइते भएका छन् तर उनीहरुको पनि स्वास्थ्यस्थिति खतरामुक्त भएको जानकारी छ ।
गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा उनकी धर्मपत्नी श्यामा खनाल, बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ । मृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् । लक्ष्मी पूजाको दिन आफूसँग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् । उनले प्रहरीको सम्पूर्ण विवरण आएपछि अन्य थप जानकारी दिने बताए ।
निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्गको उत्तरतर्फ गइरहेको अवस्थामा ८८ राजमार्गमा रोक्नुपर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठूलो माल बाहक गाडीसँग ठोक्किन पुगेको थियो ।
प्रत्यक्षदर्सीका अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना घटेको बताइएको छ । माल बाहक ट्रक चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ । दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो ।
मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिलेसम्म पुष्टि नभएको प्रहरीले जनाएको छ ।पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिरको निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ । रातोपाटीबाट
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments