मुक्तिनाथमा तीर्थालु बढेसँगै होटल थपिँदै l
8:31 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
जिल्लाको मुक्तिनाथ मन्दिरको दर्शनमा भक्तजन बढेसँगै होटल व्यवसाय पनि बढदो छ । यस क्षेत्रमा धमाधम होटल थपिँदै छन् ।
सुरुमा तीन साना होटल रहेकामा अहिले २२ पुगेका छन् । अझै तीन होटल बन्ने क्रममा छन् । ‘दैनिक चार हजार जनासम्म राख्न सकिने अवस्थामा पुगेका छौं,’ होटल रोयल मुस्ताङका सञ्चालक धम्बा ठकुरीले भने, ‘बाटो सजिलो भएपछि तीर्थालुसँगै होटल पनि थपिएका हुन् ।’ नयाँ होटल एट्याच बाथरुमसहितका छन् । पुरानामा कमन बेड बढी छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments