बार्सिलोनामाथि म्यानचेष्टर सिटीको रवाफिलो जित

12:44 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
बार्सिलोनामाथि म्यानचेष्टर सिटीको रवाफिलो जित
 कार्तिक १७, २०७३- च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीले बार्सिसलोमाथि जित हात पारेको छ । जितसँगै सिटीले नाउ क्याम्पमा व्यहोरेको हारको बदला लिएको छ ।
च्याम्पियन्स लिगको समूह चरण अन्तरगत मंगलबार राति भएको खेलमा सिटीले बार्सिलोनालाई ३-१ ले हराउन सफल भयो । केही समयअघि नाउक्याम्पमा बार्सिलोनाले सिटीलाई ४-० को हार चखाएको थियो ।
सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेलको अग्रता दिलाएको थिए ।
तर उक्त अग्रतालाई ३९ औं मिनेटमा सिटीका गुन्डोगनले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सक्किएको थियो ।
दोस्रो हाफको ५१ औं मिनेटमा सिटीका केभिन डे ब्रुएनले डि बक्स बाहिर पाएको फ्रिकिकमा गोल गर्दै म्यानचेष्टर सिटीलाई २-१ ले अग्रता दिलाए । फेरि खेलको ७४ औं मिनेटमा गुन्डोगनले  नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनामाथि सानदार जित दिलाए ।


भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images