अब हेडिङबिना फुटबल ?
12:02 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १८, २०७३- अब हेडिङबिनाको फुटबल ? केही फुटबल टिमले पछिल्लोपल्ट यसका लागि पनि अभ्यास गरेका छन् । स्कटल्यान्डको स्टर्लिङ विश्वविद्यालयले हालै गरेको अनुसन्धानले देखाएको छ, एउटा अभ्यास सत्रमा गरेको हेडिङले खेलाडीको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । यो प्रभाव २४ घण्टाका लागि हुन सक्छ र केही क्षणका लागि स्मरणशक्ति पनि कम हुन सक्छ । लाखौं, करोडौंले प्रत्येक दिन फुबल खेल्ने गर्छन् ।
यसरी नै फुटबल भविष्यमा खेलिरहनेछन् । सायद यसबीच ठूलो शारीरिक समस्या पनि खेलाडीलाई नहुन सक्छ । तर अनुसन्धानमा देखिएको प्रमाणले भन्छ, हेडिङले मस्तिष्कलाई कुनै न कुनै रूपमा असर पार्छ नै । विश्वकै सर्वाधिक लोकप्रिय खेलका अगुवाले अब यस विषयमा सोच्नै पर्ने दिन आउने छ, आखिरमा लगातारको हेडिङले चिकित्सकीय रूपमा खेलाडीलाई नकारात्मक प्रभाव पारेकै हुन्छ । हेडिङ नहुने हो भने फुटबलको स्वरूप र शैली दुवै फेरिनेछ ।
तर यति धेरै पनि हुने छैन, जत्तिको डरलाग्दो ट्याकलबिना रग्बी अथवा अमेरिकी फुटबल फेरिनेछ । अमेरिकामा अहिले उमेर समूहको फुटबलमा हेडिङलाई प्रतिबन्ध लगाउने काम सुरु भइसकेको छ र भनिरहनु पर्दैन, यो सुरुआती चरणमै छ । विशेषत: महिलाको १२ वर्ष उमेर समूहको म्यासेच्युसेटमा हुने फुटबलमा हेडिङ गर्न दिइन्न । केही माथिल्लो उमेर समूहको फुटबलमा सकेसम्म जानेर हेडिङ गरिन्न, यसलाई सकेसम्म निरुत्साहित गरिन्छ ।
अमेरिकामा यस्ता फुटबल खेलाडीको पुस्ता तयार हुँदैछ, जसलाई हेडिङ गर्न दिइन्न । अमेरिकी फुटबल संघले पनि हेडिङलाई सीमित गर्ने अनौपचारिक घोषणा गरिसकेको छ । केहीले हेडिङका कारण हुने शारीरिक चोटविरुद्ध कानुनी उपचार सुरु गर्ने अभियान चलाउने बताएपछि संघ पनि यसरी अगाडि आएको हो । संघको नियमअनुसार १० वर्षको उमेर समूहका युवा खेलाडीलाई खेल र अभ्यास दुवै क्रममा हेडिङ गर्न प्रतिबन्ध जस्तै छ । अहिलेसम्म अरू कुनै पनि देशका फुटबल संघ यस्तो प्रयासका लागि अगाडि आएका छैनन् ।
फिफा आपैंmले पनि यस्तो नियम खालि अमेरिकामा मात्र लागू हुने जनाएको छ । तर धेरैलाई विश्वास छ, अब यो नियमको लोकप्रियता र आवश्यकता बढ्दै जानेछ, यसमा शंका नगरे नै हुन्छ । केही समाचार संस्थाका अनुसार स्कटल्यान्डको फुटबल संघले पनि आफ्ना युवा फुटबल खेलाडीलाई हेडिङ गर्न दिने अथवा नदिनेबारे विचार गर्ने जनाएको छ । अमेरिकी फुटबल संघका प्रमुख चिकित्सकीय अधिकारी जर्ज चिम्पासका अनुसार हेडिङ कति डरलाग्दो हुन्छ, त्यसबारे अहिलेसम्म गहन अध्ययन भने भएको छैन ।
फेरि फुटबलमा बल हावामै बढी हुने हुनाले पनि धेरै हेडिङलाई हटाउने पक्षमा नहुन नै सक्छ । तय छ, यससम्बन्धी खास नियम बनाउन अझै धेरै समय लाग्नेछ । धेरैले भने हेडिङले हुन सक्ने नकारात्मक असरबारे अझ बढी अनुसन्धान हुनुपर्ने मान्छन् ।
अहिलेसम्म जति पनि अनुसन्धान भएको छ, त्यसको निचोड भने सकारात्मक छैन । जस्तो, हेडिङपछि लगत्तै शरीरको सन्तुलनमा खलबल आउने र स्मरणशक्ति प्रभावित हुने सम्भावना ४१ प्रतिशतदेखि ६७ प्रतिशतसम्म छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments