सामाजिक संजालमा चारैतिर बिरोध हुदै गर्दा ओलीले पनि नेपालीलाई दिए साथ

4:04 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

सामाजिक संजालमा चारैतिर बिरोध हुदै गर्दा ओलीले पनि नेपालीलाई दिए साथ



१७ कात्तिक ।नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाउनुभएको छ ।भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । 
अनुपस्थित रहनुभयो । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहनुभएपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक हुनुभएन् । एमालका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायतका भने सहभागी भएको भोजमा सामेल भएका एक नेताले बताए । भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images