­
­

११ फोटोमा हेर्नुहोस् – तरकारीवाली कुसुम

12:30 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

११ फोटोमा हेर्नुहोस् – तरकारीवाली कुसुम



कार्तिक १९, २०७३- सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, ‘दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।’

गत कात्तिक १२ गते काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर आफ्नो फेसबुकमा राखेका थिए । महर्जनले फेसबुकमा राखेको कुसुमको उक्त तस्बिर केही समयमा नै तरकारीवाली ह्यासट्याग राखेर फेसबुक र ट्विटरमा भाइरल बन्यो । त्यतिमात्रै होइन फोटो भाइरल बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समाचार नै बनाए ।

कतिले त उनलाई पाकिस्तानको ‘चायावाला’ सँग दाज्दै समाचारका हेडलाइन् पनि बनाए ।
सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, ‘एकछिन म अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images